दाङ-
लमहीमा बस दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् । पुर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा भएको बस दुर्घटनामा २९ जना यात्रु घाइते भएका हुन् ।
सुर्खेतबाट काठमाडौ जादैँ गरेको कणर्ाली प्रदेश ०२-००१ ख ०२१९ नम्बरको बस भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
दुर्घटनामा परी बसमा सवार ४ जना गन्भिर, ३ जना मध्यम र २२ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ । बसको पट्टा भाचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको हो ।
घाइतेहरूको २२ जनाको लमही अस्पतालमा उपचार भईरहेको छ भने गम्भिर घाइते ७ जना घाइतेलाई थप उपचारको लागि बाँके पठाइएको छ
दुर्घटनामा परी काठमाण्डौका २७ वर्षिय आयुषकुमार लामा, सुर्खेतको लेखबेसी नगरपालिका ६ का ३२ वर्षिया लक्ष्मी शर्मा, कालिकोट जिल्लाको निलागुफा नगरपालिका ९ का २१ वर्षिय बमबहादुरी शाही र मुगुको सरु गाँउपालिका १० का २८ वर्षिय धर्मराज जैसी गन्भिर घाईते हुनुभएको छ । गम्भिर घाईते सबैको टाउकोमा चोट लागेको छ ।
यस्तै मध्यम घाईते हुनेहरुमा हुम्लाको चंखेली गाउँपालिका ६ का १७ वर्षिया गौमति बुढा, सुर्खेतको भेरीगंगा नगरपालिका १३ का ४६ वर्षिय लालबहादुर वली र सोही ठाउँ निवासी प्रहरी जवान विश्व परियार मध्यम घाईते हुनुभएको छ । वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी नायब निरिक्षक विष्णु केसीको कमाण्डमा गएको टोलीले घाईतेहरुको उद्धार गरेको हो ।
घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।