बाबुराम र मानुषीको काउन्टरः ओली तथ्यहिन अभिव्यक्ति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्ति विवादमा परेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आइतबार एक कार्यक्रममा ओलीले कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको भन्दै डा. बाबुराम भट्टराईलाई प्रश्न गरेका थिए ।

ओलीको अभिव्यक्तिको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले खण्डन गर्दै तथ्यमा रहेर अभिव्यक्ति दिन आग्रह गरेका थिए । डा. भट्टराईले पूर्व प्रधानमन्त्री जस्तो मान्छेले उडन्ते कुरा गर्न शोभनीय नभएको बताउदै आफ्नी छोरी मानुषी बेलायत गएर पढेको प्रमाणित गर्न चुनौती दिएका थिए

उनले भनेका छन्ः

मित्र खड्गप्रसादजी, पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन।हाम्री छोरी मानुषी ७ बर्षको उमेरमा जनयुद्धपूर्व २०४९।५१ मा आमा हिसिला छात्रवृत्तिमा वेलायत पढ्न गएको वेलासंगै गएर संगै फर्केकी हुन् । त्यस यता उनी वेलायत गएको प्रमाणित गर्नोस् न ?

यो विषय यतिमै रोकिएन । मानुषी यमी भट्टराईले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यमा रहेर अभिव्यक्ति दिन आग्रह गरेकी छन् । साथै उनले राजनीतिलाई हावादारी र मजाकको विषय बनाउन छाड्न पनि भनेकी छन् ।
जनता समाजवादी पार्टी ९जसपा० केन्द्रीय सदस्यसमेत रहेकी मानुषीले ओलीलाई तथ्यसहित अभिव्यक्ति दिन आग्रह गरेकी हुन् ।

मानुषीले फेसबुकमार्फत भनेकी छन्, ूपूर्वप्रधानमन्त्री ओलीजी, अलिकति तथ्यसहित आरोप लगाउनु उपयुक्त होला । स्नातकोत्तर अध्ययनको छात्रवृत्तिमा छानिएपछि मेरी आमा ९हिसिला यमी० ले २०४९ सालमा मलाई पनि सँगै लिएर बेलायत जानुभएको हो । २०५१ मै हामी दुवै नेपाल फर्किएका थियौँ । हामी कुन आम्दानीको स्रोतबाट गएका थियौँ । त्यहाँ कस्तो अवस्थाबाट गुज्रियौँ भन्ने कुरा आमाको हालै प्रकाशित आत्मकथा हिसिला को पेज नम्बर ४६ देखि ५१ सम्म उल्लेख गरिएको छ । कष्ट गरेर पढ्नुहोला । राजनीतिलाई कतिञ्जेल यस्तै हावादारी र मजाकको विषय बनाउने र ?

के भनेका थिए ओलीले

यसअघि एमाले कर्णाली प्रदेश कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले भनेका थिए( ूआफूहरूले पासपोर्ट बनाउन नसक्ने बेला कसरी पार्सपोट बनाएर भट्टराईले आफ्ना छोराछोरीलाई बेला बढाउनुभयो ? बेलायत बढाउने आम्दानीको स्रोत के थियो ? प्रचण्ड बाँचे १७ हजार मरे । बाबुराम त बाँचे । बाबुरामका छोराछोरी त बेलायत पढ्थे । हामी बेलायत जान भिसा मिल्दैन थियो । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला भन्नुस् त ? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाम त चाहिन्छ । नागरिकता पाउन, पासर्पोट पाउन, सबै चिज पाउन । कसैको पार्सपोर्टबाट जानुभएको थियो बेलायत ? कहाँ भिसा लागेको थियो रु बाबुरामजी बताइदिनुस् त ? तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कम्सेकम २र४, पाँच लाख महिनाको खर्च हुन्छ । भूमिगत हुँदा छोराछोरीलाई कहाँको आम्दानीले कसरी पढाउनु भएको थियो ?

प्रकाशित मिति : २०७८ कार्तिक २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस