सल्यान–
सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका वडा नम्बर ५ खारखोलामा भएको बस दुर्घटनामा परि अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृतकको अझै सनाखत हुन सकेको छैन् । तिब्र गतिका कारण बस दुर्घटनामा परेको हुन सक्ने उहाँले बताउनुभयो । सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ खारखोलामा दुर्घटना भएको हो ।
बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ । बस सडकदेखि २०० मिटर तल खोलामा खसेको हो । अहिले प्रहरी टोली घटनास्थल पुगेर उद्दार गरेर दाङ र सल्यानका विभिन्न अस्पतालमा लगिएको डिएसपी थापाले जानकारी दिनुभयो । घाईते र मृतकको सनाखत हुन बाकि रहेको उहाले बताउनुभयो ।