दाङका दुई सरकारी अस्पताल एम्बुलेन्स विहीन


दाङ –
दाङमा सरकारी दुई ठूला अस्पताल एम्बुलेन्स बिहिन रहेका छन् । घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा एम्बुलेन्स छैन् । अस्पतालमा एम्बुलेन्स नहुँदा निजि एम्बुलेसन्सबाट विरामी ओसारपसार गर्नुपर्ने बाध्यता रहेको छ ।

निजी एम्बुलेन्सका लागि विरामीले महंगो शूल्क तिर्न बाध्य भएका छन् । अस्पतालमा प्रभाबकारी सेवा प्रदान गर्न नसकिएको र रेफर गर्न पनि अस्पतालको एम्बुलेन्स नहुँदा त्यसको प्रत्येक्ष मार विरामीले खेप्नु परेको छ ।

दुई अस्पतालका एम्बुलेन्स अहिले ग्यारेजमा थन्काईएको छ । एम्बुलेन्स विग्रिएको ५ बर्ष भन्दा बढि भएपनि मर्मत गर्न तर्फ कसैको ध्यान जान सकेको छैन ।

गाउँ-गाउँमा सरकारी एम्बुलेन्सले सेवा प्रदान गरिरहेको अबस्थामा जिल्लाका बजारी क्षेत्रका सरकारी एम्बुलेन्स थन्किनु र नयाँ एम्बुलेन्स खरिद गर्न वा पुराना मर्मत गर्न तर्फ कुनै ध्यान नदिनुले जनस्वास्थ्यमा गम्भीर नभएको नागरिकको बुझाई रहेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस