
तुलसीपुर-
दाङको तुलसीपुरमा जारी प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल आज पनि सेमिफाइनलका खेल हुने भएको छ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा टरिगाउ फुटबल क्लब तुलसीपुर १२ र साहारा क्लब लखनउ भिड्ने भएका छन् ।
खेल आज दिउँसो साढे २ बजेपछि हुने प्रतियोगिताका संयोजक केशब चौधरी मिङमाले जानकारी दिनुभयो । आजको खेलमा जित्ने टिमले भोलि सक्सेस फुटबल क्लबको सामाना गर्ने छ ।
हिजो भएको खेलमा सक्सेस फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको आईतवार भएको सेमिफाइनल खेलमा युएनबिसी घोराहीलाई शुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै सक्सेसले फाइनल यात्रा तय गरेको हो ।
उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदान तुलसीपुरमा भएको शानदार खेलको ६७ औँ मिनेटमा जर्सी न ८ का खेलाडी बृजेश चौधरीले पहिलो गोल गर्दै टिमलाई १-० को अग्रता दिलाउनुभयो ।
त्यस्तै जर्सी न ९ आशिष जिसि थिङकिले प्रहार गरेको बललाई सदुपयोग गरेका जर्सी न १० का सन्जु सेनले खेलको ७२ औ मिनेटमा गोल गर्दै टिम लाई २-० को जित दिलाउन सफल हुनुभयो ।
खेलअबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने जर्सी न ४ का खेलाडी सबिन ओलि म्यान अफ द म्याच घोषित हुनुभयो । उहाँले नगद १५ सय र ट्रफी हात पार्नुभयो । त्यस्तै पहिलो गोलकर्ताको पुरस्कार जर्सी न ८ का ब्रीजेस चौधरीले हात पार्नुभयो ।
प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ६० हजार, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका वेस्ट प्लेयर खेलाडी,बेस्ट किप्पर, बेस्ट डिफेन्स,बेस्ट मिड फिल्डर,हाई स्कोरर,बेस्ट कोच,बेस्ट मार्चपास लाई जनही ५ हजार तथा ट्रफी ले पुरस्कृत गरिनेछ ! त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडी लाई ट्रफिको ब्यबस्था गरिएको छ ।