
दाङ –
भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र दाङले चालु आर्थिक बर्षमा पशु स्वास्थ्य र विकासमा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रले चालु आर्थिक बर्ष २०७८/७९ का लागि प्रदेश र संघबाट आएको बजेट कार्यक्रम सार्वजनिक गरेको हो ।
चालु बर्षका लागि १० करोड ३१ लाख ७६ हजार रुपैयाँको बजेट र कार्यक्रम आएको केन्द्रका प्रमुख डा. बेदबहादुर केसीले जानकारी दिनुभयो । जस अनुसार मिसन कार्यक्रम, सेवा टेवा बिस्तार, खाद्य तथा पोषण सुरक्षा, पशु विकास तथा स्वास्थ्य कार्यक्रम, मत्स्य विकास, स्मार्ट कृषि गाउँ, प्रधानमन्त्री कृषि आधुुनिकिकरण परियोजना एवं पशुुपंक्षि रोग विरुद्धको खोप कार्यक्रममा उक्त बजेट आएको डा. केसीले बताउनुभयो ।
पशुुपंक्षि तथा मत्स्य कार्यक्रम मार्फत पोषण सुधार गर्ने, आयआर्जन बढाउने, पशुपंक्षी पालनलाई व्यवसायीकरण गर्ने, किसानको क्षमता अभिबृद्धी गर्ने र बढ्दै गएको बैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै आफ्नै गाउँठाउँमा युवालाई स्वरोजगार बनाउने उदेश्य लिएको केन्द्रले जनाएको छ ।
त्यसैगरी, प्रबिधी प्रसार गर्ने, स्मार्ट पशुुपालन गाउँ बनाउने, पशुुपंक्षिमा लाग्नु रोगलाई नियन्त्रण गर्ने र किसानहरुलाई पशुपंक्षि पालनमा आकर्षित गर्दै अर्थतन्त्रलाई सम्पन्ता सँग जोड्ने गरी कार्यक्रमहरु आएको डा. केसीको भनाई छ ।