दाङमा खोलाले गाडी बगायो

file pic


दाङ-
लगातारको वर्षापछि आएको खोलाले दाङमा एउटा गाडी बगाएको छ । गढवा गाउँपालिका वडा नम्बर २ को खौरा खोलामा आएको बाढीले बा १७ च ५३४४ नम्बरको गाडीलाई बगाएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

गाडी बगेपनि मानविय क्षति हुन नपाएको उहाँले बताउनुभयो । खोलाले बगाएको गाडी पूणर्रुपमा क्षति पुगेको छ ।

यसैबिच दाङको तुलसीपुर-लमही सडक खण्डमा पर्ने खोलामा प्रहरी तैनाथ गरिएको छ । लगातारको वर्षापछि खोलामा पानीको बहाव बढेका कारण हुन सक्ने संभावित घटना रोक्नका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रवक्त डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

आइतबारदेखि परेको अविरल वर्षातका कारण विभिन्न समयमा खोलामा पानीको बहाब बढेर साना सवारी आवागमनमा समस्या हुने गरेको छ ।

पत्रखोला, सिस्ने खोला लगायतका खोलामा साना सवारी साधन बगाउन सक्ने भएकाले प्रहरीले आवश्यक सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस