
दाङ । दाङमा चाडपर्वको समयमा जुवाडेहरु सक्रिय हुन थालेका छन् । रमाइलोका नाममा जुवाडेहरु सक्रिय भएपछि प्रहरीले उनीहरुमाथि निगरानी बढाएको छ । प्रहरीले गएराती मात्रै १३ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा घोराही–९ का ५५ वर्षीय दुर्गाबहादुर घर्ती, सोहि ठाउँकै ४१ वर्षीय पुस्कर केसी, ५५ वर्षीय होमबहादुर केसी, ५८ वर्षीय मनविर चौधरी, ५८ चिल्लु चौधरी, ३१ वर्षीय कालिचरण चौधरीलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको हो ।
यसैगरी घोराही–९ कै ४१ वर्षीय कमल चौधरी, ५४ वर्षीय गिरबहादुर विक, ४९ वर्षीय कुमार केसी, ३३ वर्षीय गोविन्द जिसी, २५ वर्षीय कणर्बहादुर विश्वकर्मा, २० वर्षीय सन्दिप चौधरी र ३४ वर्षीय विष्णु चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट नगद दुई लाख सात हजार ३ सय ५ सहित दुई गड्डी तास बरामद गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ९ दुविचौर बस्ने श्यामलाल चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुलाई जुवा ऐन अन्तर्गत मुद्धा चलाइने प्रहरीले जनाएको छ ।