
बुटवल । बुधबार प्रदेशसभाको बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सांसदहरुको नाराबाजीका बीच लुम्बिनी प्रदेशसभाले दुईवटा विधेयक पारित गरेको छ ।
तर नाराबाजीसँगै सभामुख पूर्णबहादुर घर्तीले बैठक अघि बढाए । प्रदेशसभाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र प्रदेश ५ को प्रदेश पदक ऐन २०७६ संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक बहुमतले पारित गरेको छ ।
एमाले सांसदको नाराबाजीकै बीच सभामुख घर्तीले दुवै विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । दुई विधेयक पारित भएसँगै बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको छ । ४ बजे बस्ने बैठकमा सरकारले प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट ल्याउने छ ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले आजै प्रतिस्थापन विधेयक ल्याउने निर्णय गरिसकेको छ ।