दाङ । दाङमा आज(मंगलबार) १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ४० जनाको पिसिआर परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा घोराही र लमहीका ४/४ जना र तुलसीपुर र गढवाका १/१ जनारहेको जिल्ला आपतकालीन कार्य सञ्चालन दाङले जनाएको छ । यसैविच आज थप ५ जना कोरोना मुक्त भएका छन् । निको हुनेमा घोराहीका ३ जना, तुलसीपुर २ जना रहेका छन् ।
दाङमा अहिले कोरोनाका सकृय बिरामीको संख्या ६७ रहेको छ । ति मध्य ६१ जना घरमा र आईसियूमा ३ जना र सामान्यमा ३ रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
बैशाख यता दाङमा कुल ९ हजार १ सय ३५ जना संक्रमित भएका छन् भने ८ हजार ८ सय ५२ जना निको भएका छन् । दाङमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १९ पुगेको छ ।
प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार