
सोमबार राति ९ बजेदेखि विश्वभर डाउन भएका ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक ६ घण्टपछि पुनः सुचारु भएका छन् ।
यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन । फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी मागेको छ।
फेसबुकका मालिक मार्क जुकरबर्गले दिएको जानकारी अनुसार सोमबार फेसबुकको वेभसाइटमा आएको समस्याका कारण फेसबुक डाउन भएको र मंगलबार बिहानदेखि सञ्चालनमा आएको जानकारी दिएका हुन् ।
सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको र म्यासेन्जरमा लेखिएका सन्देशहरू नदेखिएको, त्यसपछि ह्वाट्सएप र इन्स्टाग्राम एप्समा पनि उस्तै समस्या आएको थियो ।
प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार