उच्च अदालतको गेट अगाडि खुकुरी प्रहार

विराटनगर । उच्च अदालत विराटनगरको गेट अगाडि एक युवकमाथि खुकुरी प्रहार गरिएको छ। अदालतको गेटमै ३२ वर्षीय कमलसिंह रानालाई आइतबार दिउँसो सवा १२ बजेतिर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका राना उच्च अदालतमा तारिखका लागि आएका थिए । उनलाई बाटो ढुकेर बसेका एक व्यक्तिले खुकुरी हानेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएका रानाको विराटनगरस्थित विराटनगर अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न भएको आरोपमा विराटनगरका विमल कार्की पक्राउ परेका छन्।

उक्त घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार
प्रतिक्रिया दिनुहोस