राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले विनियोजन विधेयक (बजेट) २०७८ पारित गरेको छ । राष्ट्रियसभाको बिहीबारको बैठकले प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बीच बहुमतले सो विधेयक पारित गरेको हो ।

अब विनियोजन विधेयकलाई राष्ट्रियसभाले आजै सन्देशसहित प्रतिनिधिसभामा पठाउने छ । आजै बस्ने प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुखले प्रमाणित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद सचिवालयको तयारी छ ।

विनियोजन विधेयक पारित भई प्रमाणीकरण भएमा सरकारलाई आजैबाट खर्च गर्न सक्ने बाटो खुल्नेछ । असोज ४ गते पेस गरिएको आर्थिक विधेयक २०७८ बहुमतले पारित भएको हो ।

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस