विभूषित हुने ९ सय ३ जनामध्ये पाँच जनाद्वारा पदक लिन अस्वीकार

काठमाडौँ । संविधान दिवसको अवसरमा सरकारले ९ सय तीन जनालाई दिने घोषणा गरेको विभूषण पाँच जनाले अस्वीकार गरेका छन्। उनीहरूले विभूषण वितरणको प्रक्रिया र पारदर्शितामाथि गम्भीर प्रश्न उठाउँदै सरकारले घोषणा गरेको विभूषण र पदक नलिने घोषणा गरेका हुन्।

हरेक वर्ष सरकारले घोषणा गर्ने मानपदवी र तक्मा विवादित हुने गरेको छ। योगदानका आधारमा भन्दा पनि जुन दलको सरकार बन्छ उही निकटहरूले तक्मा पाउने गरेको र मानपदवी तथा तक्माको चयन अपारदर्शी हुने भएकाले व्यवसायीकरण कर्ममा संलग्नहरूले अस्वीकार गर्ने गरेका छन्।

गत वर्षसम्म वितरण गरिने तक्मामा सरकारी र सुरक्षाका कर्मचारी बाहेक विभिन्न पेसामा आवदद्धहरुमा एमाले निकटहरूको बाहुल्यता देखिने गरेको थियो। यो पाली सरकारले घोषणा गरेको मानपदवी र तक्मा पाउनेमा सत्तामा रहेको नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र हाबी भएका छन्।

यसरी अस्वीकार गर्नेमा धेरै पत्रकारहरु रहेका छन् । जसमा हरी बहादुर थापा, कार्टुनिष्ट रविन सायमी, कृष्णज्वाला देवकोटा, नारायण अमृत, अशेष ढुङ्गाना रहेका छन्

यस अगाडि पत्रकार युवराज घिमिरे, कनकमणि दीक्षित, रङ्गकर्मी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पदक अस्वीकार गरेका थिए।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस