संविधान दिवसका दिन दाङका दुई कारागारबाट १२ जना कैदीबन्दी रिहा

दाङ । संविधान दिवसको अवसरमा दाङबाट १२ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको छ । घोराही कारागारबाट ५ जना र तुलसीपुर कारागारबाट ७ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको हो ।

घोराहीमा तीन जना कर्तव्य ज्यान, एक जना सवारी ज्यान र एक जना हातहतियार तथा खरखजनाका मुद्धाका कैदीबन्दीको कैद मिनाह भएको जेलर युवराज परियारले जानकारी दिए। घोराही कारागारमा अहिले ३ सय २५ जना कैदीबन्दी रहेका छन् । यस्तै तुलसीपुर कारागारबाट ६ जना कर्तव्य ज्यान मुद्धा र एक जना चोरी मुद्धाका कैदी बन्दी रिहा भएका छन् ।

कारागारमा अहिले एक जना महिला र तीन जना बालबालिकासहित ४ सय ९० जना कैदीबन्दी रहेको जेलर बिष्णप्रसाद पाण्डेले जानकारी दिए ।

सरकारले हरेक विभिन्न दिवसको अवसरमा असल आचरण, ५० प्रतिशत कैद भुक्तान गरिसकेका केदीबन्दीलाई रिहा गर्ने गरेको छ ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस