तुलसीपुर । कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का ४४ वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा शनिबार पौने ७ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । मृतक पुरुष गएको भदौ २९ गतेदेखि अस्पतालको आइसियुमा उपचार भइराखेको थियो ।
उनलाई कोभिडसँसगै निमोनिया र श्वासप्रश्वासको समस्या थियो । हाल अस्पतालमा ५ जना कोरोना संक्रमितको आइसियुमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार