मुख्यमन्त्री शाक्यले एकीकृत समाजवादीकै सहयोगमा विश्वासको मत लिने

महोत्तरी । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताएकी छन् ।

महोत्तरीको बर्दिबासमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको चर्चा गरिन् ।

वाग्मती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको शाक्यले बताइन् ।

नेकपा एमालेलाई मजबुत बनाउन नेता माधवकुमार नेपालको महत्वपूर्ण योगदान रहेको र उनले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको मुख्यमन्त्री शाक्यले बताइन् । शाक्यले पुनः नेता नेपाललाई एमालेमै फर्किन आग्रह गर्दै आएको बताइन् ।

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार
प्रतिक्रिया दिनुहोस