बर्दिया । बर्दियामा जंगली जनावर बँदेललाई थापेको पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
उनीहरु शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेको उपरीक्षक कार्कीले बताए ।
खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार


