एक साताभित्र मन्त्रिपरिषद्लाई पूर्णता : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक साताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।

शुक्रबार मिनभवनस्थित केन्द्रीय कार्यालय उद्घाटन गरेपछि पत्रकारहरुलाई उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता पाउने बताएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। जस कारण सत्तारुढ दलहरूको आलोचना भइरहेको छ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस