
काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरेको छ । आयोग गठनसँगै दुई जना पदाधिकारी समेत नियुक्त गरेको छ । भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले नवनियुक्त अध्यक्ष निरौला र उपाध्यक्ष खड्काले बुधबार शपथ लिएको जानकारी दिए ।
अरु सदस्यहरु भने नियुक्त भएका छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले गठन गरेको देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।
प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार