हावाहुरीले करिब ५० लाखको तरकारीमा क्षती

तुलसीपुर । मंगलबार दिउँसो आएको हावाहुरीले तुलसीपुरको एउटा कृषि फर्ममा लाखौँको तरकारीमा क्षती पुर्याएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ भट्टेमा रहेको भट्टे कृषी सहकारी संस्थाका कृषकहरुको संयुक्त लगानीमा सञ्चालित तरकारी ब्लकमा उत्पादन भएका टमाटर खेतीमा करिब ५० लाख बढीको क्षति पुगेको हो ।

प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना अन्तर्गत कृषि ज्ञान केन्द्र दाङको २५ लाख र सहकारीको २५ लाख लागतमा सञ्चालित तरकारी ब्लकमा उत्पादन गरिएको टमाटर सबैमा क्षति पुगेको सहकारी संस्थाका अध्यक्ष कणर्बहादुर वलीले जानकारी दिए ।

हावाहुरीले १ सय ४० वटै टनेलमा क्षति पुर्‍याउँदा बिक्रि गर्न तयार भएको तरकारीमा क्षति पुगेको उनको भनाई छ । बिक्रि गर्न तयार भएको तरकारीमा क्षति पुगेपछि कृषक चिन्तित बनेका छन् ।

लाखौँको लगानी गरिएको तरकारी बालीमा क्षति पुगेपछि किसानहरु समस्यामा परेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस