नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँनोट वितरण गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्षमा असोज ४ गतेदेखि नयाँनोट वितरण गर्ने भएको छ ।

केन्द्रीय बैंककाअनुसार बालुवाटार कार्यालय र प्रदेशस्थित प्रादेशिक कार्यालयहरुबाट बडादशैं र तिहार लक्षित गरी नयाँनोट वितरण हुने जानकारी दिए ।

यो वर्ष क, ख तथा ग वर्गका बैंक तथा वित्त कम्पनीहरुले नयाँ नोट लगिसकेका छन् । कोरोना महामारीका कारण गत वर्ष राष्ट्र बैंकले नयाँनोट वितरण गरेको थिएन ।

यस वर्ष कोरोना संक्रमण घटेकाले नयाँनोट वितरण गर्न लागिएको राष्ट्र बैंकलेले बताएको छ । केन्द्रीय बैंकका अनुसार यो वर्ष प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले नयाँनोट वितरण हुनेछ ।

राष्ट्र बैंकले यस वर्ष बजारमा तीन अर्ब ६० करोड बराबरको नयाँ नोट पठाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस