अखिल क्रान्तिकारी दाङको अध्यक्षमा कल्याण अधिकारी

दाङ ( घोराही ) । अखिल क्रान्तिकारी दाङको आज सम्पन्न २२औं जिल्ला अधिवेसनबाट कल्याण अधिकारी नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन भएको छ ।

केन्द्रीय उपाध्यक्ष दिपेश पुनको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले अधिकारीको नेतृत्वमा ७५ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा गिर बहादुर महरा, निश्चल केसी, खगेन्द्र घर्ती मगर, डिभाईद शर्मा, सचिवमा गोविन्द मल्ल सहसचिव रामचन्द्र बुढा , एम कुमारी विक चयन भएका छन् ।

अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पुनले नेपालमा सामन्ती राजतन्त्रको अन्त्यगरी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था आए पनि देश र जनताको आधारभूत जीवनमा परिवर्तन आउन बाँकी नै भएकोले अब देश र जनताको अवस्था बदल्न माओवादी नेतृत्वमा आउनु पर्ने तर्क गरेका छन् ।

माओवादीलाई आगामी चुनावबाट नेतृत्वमा ल्याउनका लागि आम युवा विद्यार्थीहरुको काँधमा जिम्मेवारी आएको उनले बताए । पुनले संगठन निति,विधि र पद्वतिमा चल्ने जानकारी गर्दै वरिष्ठता, योग्यता , क्षमता , सक्रियता र निरन्तरतामा भएका संगठनको श्रेष्ठता दक्ष ब्यक्तहरुलाई संगठनले जिम्मेवारी पाउने बताए ।

अखिल क्रान्तिकारीले जिल्लाभरीका प्रतिनिधि पर्यवेक्षकबाट सर्वसहमत रुपमा मिलन अधिकारीको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो। अखिल क्रान्तिकारीले आउँदो असोज ८, ९ , १० गते काठमाडौंमा २२औं राष्ट्रिय सम्मेलन गर्न देशभर संगठनात्मक अभियान चलाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस