रोल्पा । रोल्पा जिल्लामा एकै दिन दस जना उपभोक्ताहरुको विद्युत सेवा बन्द गरेको नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्र जनाएको छ।
कार्यालयले विद्युत एक दिन बक्यौता बुझाउन बाँकी रहेका दस उपभोक्ताको लाइन बन्द गरेको हो। विभिन्न ठाउँमा रहेको घर, उद्योग, संघ र कार्यालयहरुको विद्युत बन्द गरेको बताइएको छ।
ती उपभोक्ताको लाइन बन्द गर्दै १९ हजार ८ सय ७९ रुपियाँ ६८ पैसा असुली गरेको नेपाल विद्युत प्राधिकरण रोल्पाले जानकारी दिएको छ।
प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार