दाङ । कोरोनापछि विद्यालय भौतिक उपस्थितिमै संचालनमा गर्ने तयारी छ । घोराही र तुलसीपुरमा पनि सोमबार भोलिदेखि भौतिकरुपमै संचालन हुने भएका छन् । कोरोनाका कारण बन्द विद्यालय लामो समयपछि विद्यालय भौतिकरुपमै विद्यालय संचालनमा आउन थालेपछि शैक्षिक सिकाई उपलब्धीको अपेक्षा पनि गरिएको छ ।
तर तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बस संचालन नगर्ने गरी गरेको निणर्यले टाढाका विद्यार्थी तथा अभिभावक समस्यामा परेका छन् । तुलसीपुर-८ सीता चौधरीले तुलसीपुरकै एक विद्यालयमा आफ्ना छोराछोरी पढाउनुहुन्छ । स्कुल बस चल्न नपाउने निणर्यले बालबालिकालाई विद्यालय बढाउने पठाउने भन्ने चिन्ता थपिएको उहाँको भनाई छ ।
सार्वजनिक बसभन्दा स्कुलबसमा बालबालिका सुरक्षित हुने तुलसीपुर-१७ मानपुरका विष्णा पौडेलले बताउनुभयो । करिब १० किलोमिटरको दुरीमा रहेका विद्यालयमा आफ्ना बालबालिकाले पढ्ने गरेको बताउँदै उहाँले विद्यालय खुलेपछि बस पनि चलाउनुको विकल्प नभएको बताउनुभयो ।
टाढाको दुरीमा रहेको विद्यालयमा पढाउने अधिकांश अभिभावकलाई स्कुल बस चल्न नदिने निणर्यले चिन्तित बनाएको छ । तुलसीपुर उपमहानगरपालिकाले केहिदिन अघिमात्रै विद्यालय संचालन गर्न दिने निणर्यले खुशि भएका अभिभावक र विद्यार्थीलाई स्कुल बस चल्न नदिने निणर्यले विद्यालयसम्म पुग्ने समस्या बनाएको प्याब्सन तुलसीपुरका अध्यक्ष गिरीराज डाँगीले बताउनुभयो ।
पालिकाले विद्यालय संचालन गर्ने र बस चलाउन नदिने निणर्य अव्यवहारिक भएको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)का संयोजक तथा दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ बताउनुभयो । विद्यालयको बस संचालन नहुँदा टाढाको विद्यार्थी पढाईबाट बन्चित हुन सक्ने भएकोले बस संचालन गर्न दिन तुलसीपुर उपमहानगरपालिकालाई आग्रह गर्नुभएको छ ।
तुलसीपुरमा ८२ सामुदायीक र ६७ निजि गरी १४९ विद्यालय छन् । कोरोनाको जोखिम कम भएपछि सबै विद्यालय एकैसाथ संचालनमा आउन थालेपनि स्कुल बस संचालन नहुने भएपछि टाढाका विद्यार्थी पढाईबाट बन्चित हुने अवस्था देखिएको छ । विद्यालय खुल्ने तर स्कुल बस नचल्ने यो कस्तो अव्यवहारिक निणर्य भनेर चौतर्फी आलोचना भइरहेको छ । नगरले विद्यालयका एकसाताभित्र बस चलाउने तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा अधिकृत चक्र भण्डारीले बताउनुभयो । उहाँले एक सातालाई जोखिम पहिचानको समय रहेको बताउनुभयो ।
दाङमा अहिले दैनिक कोरोना संक्रमणदर एक अंकमा झरिसकेको छ । संक्रमणदर मत्थर बन्दै गएपछि लगभग प्राय सबै क्षेत्र खुलिसकेका छन् । कोरोनाको जोखिम कम हुँदै गएपछि पालिकाले धमाधम विद्यालय संचाल गर्न थालिसकेका छन् । घोराही उपमहानगरपालिकाले पनि आउँदो सोमबारदेखि स्कुलबस सहित विद्यालय संचालन गर्ने तयारी गरेको छ ।
कोरोनापछि धेरै राजनैनिक दलका ठुला-ठुला सभा सम्मेलन भइरहेका छन् । सार्वजनिक बस र बजारमा भिडभाड बढीसकेको छ । तर संक्रमणको जोखिम देखाउँदै तुलसीपुर उपमहानगरपालिकाले स्कुल बस संचालन गर्न नदिने निणर्यलाई धेरैले आलोचना गरेका छन् ।