काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे भेटवार्ता गरेको छ ।
बिहीबार काठमाडौं आइपुगेको टोलीले सुरुमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको हो ।
बालकोटमा भएको वार्तामा सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी हुनुहुन्छ । उहाँ पनि आजै नेपाल आइपुगेका हुन् ।
एमसीसी परियोजनाका विषयमा ओलीसँगको भेटपछि सुमारको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल लगायतलाई पनि भेट गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार


