नवनियुक्त प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिन्ह प्रदान

२४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी छन् ।

विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गर्दै पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन् ।

सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सहभागी थिए ।

नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले गत भदौ ११ गते शर्मालाई भदौ २४ गतेबाट लागू हुने गरी प्रधानसेनापति नियुक्त गरेकी थिइन् । शर्मा २०८१ भदौ २४ सम्म प्रधानसेनापति रहेर काम गर्नेछन् ।

प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस