२२ भदौ, काठमाडौं ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सामान्य प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजालले पाएका छन् । कालीप्रसाद पराजुलीको सरुवा भएपछि रिजालले जिम्मेवारी पाएका हुन ।
यसअघि दाङमा रहँदा रिजालले सफल र शालिक प्रशासकको पहिचान बनाएका थिए । साथै उनले कोरोना संकट ब्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह समेत गरेका हुन् ।
गृह मन्त्रालयले प्रजिअ पराजुलीलाई मन्त्रालयमा सरुवा गरेर रिजाललाई जिम्मेवारी दिएको हो ।
प्रकाशित मिति : २०७८ भाद्र २२ गते मङ्गलवार