
२१ भदौ, दाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन चलिरहँदा दाङमा वडास्तरीय निर्वाचनमा ४६ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
१० स्थानीय तहका एक सय वडा मध्येबाट ४६ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको जिल्ला निवार्चन आयोगका अधिकृत प्रल्हाद कार्कीले जानकारी दिए ।
उनकाअनुसार सर्वसहमति जुट्न नसकेका वडाहरु घोराहीको १, २, ६, ७, ८, १३, १४, १६, १९ वडा, तुलसीपुरको १, १०, १२, १७ र १८ वडा, लमहीको २, ४, ५, ६, ७ वडा, गढवाको १, २, ३,५, ६ वडा, राप्तीको १, २, ३ नम्बर वडा, बंगलाचुलीको १, २ वडा, शान्तिनगरको १, ५, ६ वडा, दंगीशरणको १, ४, ६, ७ नम्बर वडा र बबईको १, २, ३, ७ वडा रहेका छन् ।
त्यस्तै आईतबार उम्मेदवारी दर्ताको समय तोकिएको थियो, भने आज सोमबार निर्वाचन तोकिएको थियो । तर, सर्वसहमति हुने सन्दर्भमा निर्वाचन कार्यतालिकालाई हेरफेर गरिने समेत उनले बताए ।
साथै उनले अहिले पनि सर्वसम्मत नेतृत्व चयनका लागि पहल भइरहेको बताए ।