संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

२१ भदौ, काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।

जिल्लाको मादी नगरपालिका–१ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

खतिवडाले कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको जानकारी प्राप्त भएको बताए ।

धारिलो हतियार प्रयोग गरेर घटना घटाइएको सूचना आएको भन्दै उनले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बताए ।

उनले घटनास्थल चैनपुरबाट ३ घण्टाको दूरीमा रहेको बताए ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस