केहि वर्ष अघिदेखि नेपालमा एक घरधुरीमा कम्तीमा एक जना भएपनि नेपाल वाहिर छ । वाहिर हुनुको मुख्य कारण भनेकै भविष्यको चिन्तासँग जोडिएर आएको देखिएको छ । हामी अहिले पनि देख्न सक्छौं प्रत्येक दिन हजारौं नेपाली युवाहरु विभिन्न वहानामा विदेशिएका छन् । यो क्रम जारी छ । भने यता अर्को वाटो अर्थात तल्लोवाटो युरोप तथा अमेरिका जानेको पनि त्यस्तै लर्कोनैं छ । विदेशिएका जति सबै समय समाप्त पछि नेपालमा फर्किएका छैनन । जाने भन्दा आउने संख्यामा कमि छ । अर्थात उतै विभिन्न वहानामा वस्नेको संख्या वढिनैं छ । यो वस्नका लागि युरोप लगाएत अमेरिका, क्यानाडा लगाएत देशमा वस्नका लागि इच्छुक देखिन्छन । स्वाभाविकनैं हो ति देशहरुमा हरेक कुरामा सिस्टम अनुसार चलेको छ । त्यहि सिस्टमले गर्दा मानिसहरु उतैतिर बढि आकर्षण भएका छन । गएका छन पनि ।
यहाँ कुनै व्यवसाय ग¥यो व्यवसायनैं डुव्छ । राज्यले खोक्रो नारामैं सिमित गरिररहेको छ । युवाहरुको लागि ठोस काम राज्यले गरेको पनि देखिदैन । सानो व्यवसाय गर्न थालियो भने विभिन्न वहाना त्यो व्यवसाय फस्टाउन सक्दैन, तर व्यवसायमा राम्रो आम्दानी या घर चलयमान भैरहेको पनि छ । तर धेरैको व्यवसाय मुश्किलले चलेको छ भन्दा पनि फरक नपर्ला । धेरै जसो व्यवसायीहरुलाई सोध्नेहो भने थप वलियो आधार देखिन्छ ।
नेपालवाट वाहिर जादा २,३,४ या ५ वर्षे शिक्षाको लागि गए पनि उनि पछि विभिन्न वहानामा उतै वस्ने देखिएको छ । युरोप देशहरुमा त झन वैवाहिक हुन भने परिवारलाई समेत उतै वस्ने वातावरण सिर्जना गरेका पनि छन । अविवाहित हुन भने कतिले नेपाल आई विवाह गरि उतै लैजाने पनि गरेका हाम्रो समाजमा देख्न सकिन्छ ।
किन यस्तो भएको हो भने नेपालमा युवाहरुलाई राम्रो अवसरनैं नदेखिएको कारण हो । राज्यले विद्याथीहरुलाई पनि पढ्दै कमाउदैको वातावरण गराउनु पर्छ । पार्टटाइमका जागिरहरुलाई महत्व दिनुपर्छ । पढ्दै कमाउदैलाई राज्यले वेलैमा ध्यान दिन जरुरी पनि छ। किनकी उहिवेला अलि वढि पैसाको अभाव देखिन्छ । अनि न त पढाई सक्काउन ध्यान दिन्छन नत कुनै सिप पनि सिकेको हुन्छन जसका कारण हामी व्यरोजगारहरु उत्पादन गर्न थाल्र्छौ । जसका कारण फेरि विभिन्न वहानामा फेरि विदेशिन वाध्य पार्न थाल्छौ ।
हरेक वर्ष युवा दिवश मनाईन्छ । के कसरी रोक्ने भन्ने विषयमा गहन छलफल गरे जस्तो देखिन्छ तर ति सबै राज्यको ढुकुटी सक्काउने मेलोमसो देखिन्छ । विशेषत अझ राजनितिक दलका नेता होउन या निजामति कर्मचारीका माथिल्लो तहका होउन उनिहरुलेनैं विदेश विभिन्न वहानामा पढ्न पठाउछन । पहिला यिनीहरुका सन्ततीहरुलाई स्वदेश पढ्ने या वस्ने व्यवस्था गर्नु पर्ने देखिन्छ । के उनिहरुले आप्mना सन्ततीलाई नेपालमा रोक्न सक्छन त ? रोक्न त मुश्किल छ ।
यहाँ कुनै व्यवसाय ग¥यो व्यवसायनैं डुव्छ । राज्यले खोक्रो नारामैं सिमित गरिररहेको छ । युवाहरुको लागि ठोस काम राज्यले गरेको पनि देखिदैन । सानो व्यवसाय गर्न थालियो भने विभिन्न वहाना त्यो व्यवसाय फस्टाउन सक्दैन, तर व्यवसायमा राम्रो आम्दानी या घर चलयमान भैरहेको पनि छ । तर धेरैको व्यवसाय मुश्किलले चलेको छ भन्दा पनि फरक नपर्ला । धेरै जसो व्यवसायीहरुलाई सोध्नेहो भने थप वलियो आधार देखिन्छ ।
अहिले पनि हामी १०, ११ कक्षामा अध्ययन गर्दे गरेका विद्यार्थीहरुलाई सोध्यौं भने उनिहरुको जवाफ एउटै हुन्छ, विदेश पढ्न जाने । विदेश पढ्न जाने भनेपछि त सकभर उतै वस्ने व्यवस्था धेरैले गर्ने गरेका छन । नेपालभन्दा वढि दुख्ख हुन्छ त्यो कुरा उनिहरुमा गहिरो गरि मनमा बस्न सकेको छैन तर विदेशी मोहको छाप यो या त्यो विभिन्न कारणले गहिरो गरि वसेकाले होला सबै विद्याथीहरुको विदेशी मोह असाध्य छ, देखिन्छ पनि । नेपालमा काम ग¥यो भने न पैसा कमाउन सकिन्छ न वालवच्चाहरुको भविष्य राम्रो हुन्छ भन्ने पुरै मनमा छ, तनमा छ, अनि कामको पनि यहाँ सम्मान छैन, हरेक कुराको यहाँ लथालिङ पनि छ । सायद त्यहि कारणले होला जुनसुकै कामको पनि उता महत्वका साथ सम्मान गरिन्छ । सिस्टममा चलेका देश भएकाले पनि युवाहरुको आकर्षण विदेशतिर नैं हुन्छ ।
हरेक वर्ष युवा दिवश मनाईन्छ । के कसरी रोक्ने भन्ने विषयमा गहन छलफल गरे जस्तो देखिन्छ तर ति सबै राज्यको ढुकुटी सक्काउने मेलोमसो देखिन्छ । विशेषत अझ राजनितिक दलका नेता होउन या निजामति कर्मचारीका माथिल्लो तहका होउन उनिहरुलेनैं विदेश विभिन्न वहानामा पढ्न पठाउछन । पहिला यिनीहरुका सन्ततीहरुलाई स्वदेश पढ्ने या वस्ने व्यवस्था गर्नु पर्ने देखिन्छ । के उनिहरुले आप्mना सन्ततीलाई नेपालमा रोक्न सक्छन त ? रोक्न त मुश्किल छ ।
पछिल्लो चरणमा अस्थिर राजनितिले देशनैं वर्वाद जस्तै भएको छ । यहाँ जसले जे गरेपनि भएको छ । न त समयमा कुनै विकासका काम सम्पन्न हुन्छन न तछ यहाँ ठुला ठुला करदाताहरुले करनैं तिर्नु पर्छ । अझ अरबौ रुपैया वरावरको कर मिनाहका घटनाहरु पनि वाहिर आउछन् । किन कर मिनाह गर्नमा सबै राजनितिक दल एक हुन्छन त । यसको कारण भनेकोनै चुनावका वेला गरेको सहयोगको गुण तिर्नका लागि कर मिनाहमा मरिहत्ते गर्छन । जुनसकुै दलले सरकारको नेतृत्व गरेको होस सबैको ध्यान नैं उहि कर मिनाहमा हुन्छ । विकासका काम के कति कारणले रोकियो त्यसको खासै चासो भएको देखिदैन । कानुनमा जे भने पनि न त विकासका योजनाहरु अपुरो भएका कम्पनि या व्यक्तिलाई न त कार्वाहि हुन्छ, न त तालुकदार कार्यालयले यसको राम्रो निगरानी गरि काम अगाडी वढाउन मद्दत गर्छ । उ तालुकदारले मिति सार्नमा नैं अभ्यस्त हुन्छ । जसका कारण देशका धेरै जसो स्थानहरुमा विकासका योजनाहरु अलपत्र परेका छन । समयमै सम्पन्न नहुदाँ पनि वनेको जति जिर्ण अवस्थामा छन । यसको प्रत्यक्ष असर भनेकोनैं आम सर्वसाधारणमा पर्न जान्छ अनि राजनितिप्रति वितृष्णा वढ्दै गई अन्तत देश प्रति माया कम विदेश तिर वढि ध्यान जान थाल्छ ।
अव नेपालमा वस्ने अव को हुन त ? पटक–पटक सत्ताको नुनपानी खान पाइरहने । चाहे त्यो सरकारी जागिर त्यो पनि मालदार अफिसमा कार्यरत छ भने, कि पटक पटक प्रदेश होस या संघिय होस मन्त्रि हुन , ति मात्रै नेपालमा वस्ने हुन त ?
यसलाई सुर्धान प्रथम त राजनितिमा लागेका नेताको इच्छाशक्तिमा भर पर्ने देखिन्छ । यस तर्फ नेता भनाउदाहरुले कहिले सोच्ने ? युवालाई विदेश जानवाट कसले रोक्ने ? राज्य यस तर्फ गंभिर वन्न जरुरी छ ।