प्रचण्डले खेल बुझ्नुभएन, पुस १० गतेदेखि नै शुरू भएको थियो दशा– चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २०७९ पुस १० गते नै पुष्पकमल दाहाल ‘प्रचण्ड’को दशा शुरू भएको दाबी गरेका छन् ।

धेरै बाठो हुँदा प्रचण्डले ३ बल्ड्याङ्ङ खाएका केसीले टिप्पणी गरे ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा केसीले प्रचण्डलाई पाँच वर्ष नै सरकारमा राख्नको लागि एमाले सरकारमा नमिसिएको आफूले उही बेला नै भविष्यवाणी गरेको बताएका हुन् ।

‘प्रचण्डले बुझ्नुभएन खेल, पुस १० गते जहाँ पुग्नु भएको थियो, त्यही दिनदेखि दशा शुरु भएको थियो,’ केसीले भने, ‘तपाईंलाई पाँचै वर्ष सत्तामा राख्नको लागि दोस्रो पार्टी मिसिएको थिएन । अहिले बल्ल भोग्नु भयो ।’

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस