कात्तिक १७ र १८ गते देशभर एकैसाथ भिटामिन ‘ए’ कार्यक्रम चलाइने


काठमाण्डाै । सरकारले यसपटकको भिटामिन ‘ए’ कार्यक्रम आउँदो कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ  ।

नियमित तालिका अनुसार कात्तिक २ र ३ गते भएपनि दसैँ परेका कारण १७ र १८ गते सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर सञ्चालन हुने कार्यक्रममा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई नछुटाइ भिटामिन ए खुवाउन सरकाले अनुरोध गरेको छ ।

सोही दिन एकदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने भएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस