जाने हाेइन त अमेरिका? यसरी प्रक्रिया अगाडि बढाउनुहाेस् !


काठमाण्डाै ।
आज (बुधवार) रातीबाट सन् २०२५ अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता खुल्ने भएको छ ।

अमेरिकी दूतावासले सूचना जारी गर्दै  राति ९ः४५ बजेबाट डीभीको लागि आवेदन दिन सकिने बताएको हो ।

आगामी नोभेम्बर ७ वा कात्तिक २१ गते राति १० बजेर ४५ मिनेटसम्म डीभीको लागि आवेदन दिन सकिनेछ ।

डीभीको आवेदन निःशुल्क भर्न सकिने दूतावासले जनाएको छ ।

डीभी आवेदन भर्दा फोटो पछिल्लो ६ महिनाभित्रको हुनुपर्ने र अघिल्लो वर्षको प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग नगर्न पनि दुतावासले बताएको छ ।

फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु नहुने समेत दूतावासले बताएको छ ।

डीभीकोलागि अनलाइन फारम भर्नुपर्ने हुन्छ । आवेदनमा आवेदकको पति–पत्नी र २१ वर्षभन्दा कम उमेरका सबै अविवाहित सन्तानको समेत जानकारी दिनु अनिवार्य रहेको छ ।

दुतावासका अनुसार डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिनेछ।

डिभी आवेदन प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउन र एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने पनि दुतावासले जनाएको छ ।

यो सिजनमा छानिएका व्यक्तिहरूले २०२५को सेप्टेम्बर ३० सम्ममा आफ्नो आप्रवासी भिसाकोलागि आवेदन दिने र प्राप्त गर्नुपर्ने पनि दुतावासले जनाएको छ । डिभी २०२५को छनोट २०२४को मे महिनामा गरिने भएको छ ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस