हरितालिका (तीज)को आध्यात्मिक रहस्य

बिभिन्न चाडपर्वहरूलाई गीत, संगीत, नृत्य, नाटीका, मेला, पूजा–पाठ, एवं उत्सवका रुपमा मनाउने गरिन्छ । यसबाट मानिसहरूमा पारम्परिक सू—मधूर सम्वन्ध बढ्छ,संगठनमा एकताको भावनाको विकास हुन्छ । राष्ट्रिय एवं व्यक्तिगत जीवनमा अनेकौं लाभ पनि प्राप्त हुन्छ । चाडपर्वहरूले जीवनमा न केबल रस भर्ने काम गर्दछन बरु अनेकौं प्रकारका आमोद–प्रमोदका अवसरहरू पनि प्रदान गर्दछन् । यसले गर्दा जीवनमा नव–चेतना एवं आध्यात्मिक चेतनाको जागृति पनि हुन्छ । पुर्खाले सुम्पेको सांस्कृतिक धरोहर वा दार्शनिक एवं नैतिक विरासतलाई पनि कायम राख्न मद्दत मिल्दछ । यदि समाजमा यस्ता चार्डपर्व नहुने हो भने राष्ट्रको आ–आप्mनो रंगीन स्मृतिहरू,अनुभूतिहरू तथा विशेषताहरू साथै जीवनको आभा–प्रभा नै हराएर जानेछ । विश्व मञ्चमा आफ्नै प्रकारको कला–संस्कृति,जीवन–गाथा र दर्शन–दृष्टिकोणको अभिव्यक्ति हुन्छ । त्यसैले त जीवनमा नित्य समरसता उत्पन्न हुने गर्दछ ।

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्र्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू नारीहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली नारीले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाउने प्रचलन छ । पूर्विय वैदिक सनातन धर्म परम्पराका बिभिन्न पौराणिक एबं आध्यात्मिक ग्रन्थहरूमा खासगरी स्कन्द पुराण र भविष्योत्तर पुराणमा उल्लेख भए अनुसार हिमालय पुत्री पार्वतीको विवाह विष्णुसँग गरिदिने पिता—माताको वचन पार्वतीलाई चित्त बुझेन । किनकी सानै उमेरदेखि शिवलाई पति पाउँ भन्ने दृढता पार्वतीमा थियो । माता पार्वतीले शिवलाई मनले पति धारण गरिसकेकी थिइन् । उनी सखीहरुका साथमा भागेर जंगलमा एउटा गुफामा बसेर कठोर तपस्यासँगै शिवको उपासना गर्न थालिन । सो अवधीमा अत्यन्त भाव र श्रद्धापूर्वक शिवको व्रत कथा गरिन् । यस्तो कठोर व्रत उपावास श्रद्धा,भक्ति देखि प्रसन्न भएर भगवान भोलानाथ प्रकट हुनु भै गौरीलाई पत्नीका रुपमा स्वीकार गर्नु भयो भन्ने कुरा उल्लेख गरिएको छ । त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् । त्यसैगरी अर्कोतिर श्रीकृष्णको नामाकरणको दिन गोकूलमा गोपिनीहरूले नाँचगान गरी उत्सव गरेको यादगारमा यो चाड मनाउने गरिएको भनाईपनि पाइन्छ । हरितालिका भन्नुको अर्थ पनि पार्वतीलाई साथीहरूले पिता र आप्mनो राज्यबाट हरण गरी जंगलमा लगेको प्रसङ्गसँग जोडिन्छ । हरितालिका शब्दमा रहेका हरिता र आलिका यी दुई शब्दको अर्थ पनि क्रमशः हरण गरिएकी र सखीहरू भन्ने हुन्छ ।

आन्तरिक एवं आत्मिक सुन्दरतालाई धारण गरिसकेपछि मात्र मन सुमन बन्दछ । सधै मनैदेखि नाँचीरहनु मनोरञ्जन हो । तिजोरीको कथा अर्थात आध्यात्मिक तथा सनातन सत्यलाई बोध गर्न तेस्रो नेत्र वा ज्ञानचक्षु खोल्नुपर्ने हुन्छ भन्ने हो । ३६५ वटा दतिवनले दन्तमञ्जन गर्ने स्नान गर्ने प्रचलन समेत पाइन्छ । तर एक् दिन देखावटी गरेर नुहाउँदैमा हाम्रा कामनाहरू पूरा भै जन्म जन्मान्तरको पाप पखालिन्छ र ?


हरितालिकामा विवाहित नारीले पतिको दीर्घ जीवन तथा अटल सौभाग्यको कामना र अविवाहित कन्याले योग्य वरको शुभेच्छाले माटोको शिवलिंग बनाएर पु्जा अर्चना गर्ने प्रचलन छ । तीजका दिन माता उमाको सम्मुख विवाहित नारीहरूले सिन्दूर,चुरा पोते चढाई विशेष गरी हातमा मेहंदी लगाई राता वस्त्रहरु सहित सोह्र श्रृंगार गर्ने चलनपनि छ । यसले वास्तवमा अखण्ड सौभाग्यलाई दर्शाउँछ । सोही दिनमा विध्न विनासक श्रीगणेशको समेत पुजा गरिन्छ । शरद ऋतुको आगमनले चारैतिर हरियाली हुने हुँदा प्रकृति ऋतुराजको पूजनको पर्वका रुपमा पनि मनाइने गरिन्छ । त्यसैले यस अवसरमा शरद ऋतुसंग सम्बन्धित गीतहरू गाएर नृत्य गरिन्छ ।


समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार नारीहरू विवाह पश्चात आप्mनो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडेर पराइ घरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा सुनौलो अवसरको रूपमा तीजपर्वको गहन औचित्य देखिन्छ । तीजमा मीठा मीठा भोजनका परिकारहरू खुवाउने, नयाँ लुगा कपडा उपहारमा दिने गरिन्छ । विभिन्न जिम्मेवारी,तनाव साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीज नेपाली नारीहरू स्वतन्त्र तथा हर्षित भएर घर बाहिर निस्केर गीतका माध्यामबाट आप्mना अधिकार तथा वेदनाका कुराहरू समाजका अगाडी राख्छन् । यो नारी सशक्तिकरणको एक वलियो स्तम्भ हो । यो चाडले साँस्कृतिक रितिरीवाज परम्परा एवं गीत संगीत, मौलिकता अनि भेषभूषालाई संरक्षण र सम्वधन गर्दै आएको छ । हालका दिनहरूमा संसारभर छरिएर रहेका नेपालीहरू मार्फत तीजको माध्यमबाट साँस्कृतिक पहिचान गराउने काम भईरहेको छ । जसलाई तीजको सकारात्मक पक्षका रुपमा लिन सकिन्छ ।

पूर्विय दर्शनकासँगै हाम्रा चाड–पर्वहरूले मुख्यतः चरित्रलाई प्रश्रय दिएको पाइन्छ । मौलिक संस्कृति एवं धर्मको शिखरमा पु¥याउने प्रभाव देखिन्छ । आजभोली मनाइने चाडवाडमा आदिकालको शुद्धता नभएर भौतिकवाद ,देहाभिमान र बाह्यमुखताको आवरण मात्र समाहित भएको देखिन्छ । अतः विभिन्न पर्वहरूका आध्यात्मिक रहस्यलाई स्पष्ट पार्नु जरूरी छ ।


प्रख्यात पर्व केही समय यता धार्मिक पर्वका नाममा सामाजिक विकृति बनेर आइरहेको तितो सत्य हाम्रो सामु छर्लङ्ग छ । तीज महोत्सब,तीज महामेला,तीज महाकुन्भ,तीज फेस्टिबल,तीज त्यौहार जस्ता अनेक नामले तीजको धार्मिक–सामाजिक महत्व खस्कँदै गइरहेको छ । विशेषतःयस पर्वलाई चेलिबेटी तथा दिदीबहिनी पुनर्मिलनको आनन्दमय उत्सबको रुपमा मनाउनुपर्ने मान्यता हो । अहिले आएर होटल, रेस्टुरेन्ट, बार, पार्टि प्यालेस मात्र नभइ आ–आप्mनो दल विशेषका युनियनहरुमा, पेशागत संघसंस्थाहरु आ–आप्mनो कार्यालयमा, वनभोजमा तथा ट्रेकिङ्गमा समेत तीज अनि दरको संस्कृति विकृतिको रुपमा प्रस्तुत हुँदैछ । तीजको धार्मिक सांस्कृतिक एवं सामाजिक महत्व दिनानुदिन घट्दै गइरहेको पाइन्छ । तीजको भड्किलो दर कार्यक्रम, टिकट, चिठ्ठा एवं कक्टेल दर तथा डिनर जस्ता कार्यक्रम अनुत्पादक अर्थतन्त्रका द्योतक हुन् । सरकारले फजुल खर्च कम गर्ने, दरका नाममा हुने विकृति नियन्त्रण गर्ने र पार्टी प्यालेसहरुमा सांस्कृतिक विकृती नियन्त्रण गर्ने कानून पनि निर्माण गरेको भएपनि यसको व्यवहारिक कार्यान्वयन भएको देखिदैन । यो वास्तवमै दुःखद या विडम्वना हो भन्दा अन्यथा नहोला!
भौतिक दृष्टिकोणले आफू अनुकूल व्याख्या गर्दाको परिणाम पर्वहरूको मूल मर्म नै टुटेको आभास हुन्छ ।

पूर्विय दर्शनकासँगै हाम्रा चाड–पर्वहरूले मुख्यतः चरित्रलाई प्रश्रय दिएको पाइन्छ । मौलिक संस्कृति एवं धर्मको शिखरमा पु¥याउने प्रभाव देखिन्छ । आजभोली मनाइने चाडवाडमा आदिकालको शुद्धता नभएर भौतिकवाद ,देहाभिमान र बाह्यमुखताको आवरण मात्र समाहित भएको देखिन्छ । अतः विभिन्न पर्वहरूका आध्यात्मिक रहस्यलाई स्पष्ट पार्नु जरूरी छ । बर्तमान संगमयुगको समयमा स्वयं परमधाम निवासी परमात्मा शिव यस धरामा अवतरित भै ईश्वरीय ज्ञान र राजयोगको शिक्षा दिएर चाडपर्व वा प्रचलनको वैज्ञानिक व्यवहारिक तथा आध्यात्मिक रहस्योघाटन गर्नुहुन्छ । कलियुगको अन्तकालमा भगवान शिव हामी आत्माहरुको माता–पिता बनेर सच्चा गीता ज्ञान अनि योग साधनाको शिक्षाद्धारा दिव्य जन्म दिई उनीहरुको पालनपोषण एवं रक्षा गर्नुहुन्छ । जब ज्ञान योगको माध्यामबाट आत्माहरूले आफूलाई परिवर्तन गर्छन । निरन्तर परमात्मा पिताको, असली घर परमाम शान्तिधामको र आउँदै गरेको सत्ययुगी संसारको अलौकिक चिन्तन मनन र अनुभवबाट सुसंजित हुन्छन् । सवै दुःख कष्ट,पिंडा चिन्तालाई भुलेर आन्तरिक मनोरञ्जन एवं सन्तुष्टताको अनुभूति गर्छन । यही पृष्ठभूमी र स्मृतीमा तीजको भावार्थ लुकेको छ ।


हरितालिकालाई आध्यात्मिक दृष्टिकोणबाट निहार्ने हो भने यहाँ भाद्र महिनाको शुक्ल पक्षको तृतियाँ तिथि हस्त नक्षत्र अर्थात् ऋतुको परिवर्तनको सन्धीकाल हो जुन युग परिवर्तनलाई दर्शाउँछ । आप्mना भक्तरुपी पार्वती अर्थात् जो आत्मा विकाररुपी जीवनदेखि पार हुन चाहन्छन् । जसले अनेकौं जन्मदेखि मुक्ति र जीवन मुक्तिको अभिलाषा राखेर परमात्मालाई पुकार्दै कठोर भक्ति,साधना र यज्ञ जप तप गरे ति आत्मारुपी पार्वतीहरुलाई स्वीकार्नू हुन्छ र आप्mनो शरणमा लिनु हुन्छ भगवान शिवले । पार्वतीलाई हिमालय पुत्रीका रुपमा देखाउनुको अर्थ हो महान लक्ष्य राखेर जीवनको उत्कर्षमा सदा अग्रसर रहने आत्माहरु जो कि हिमालयको समान उच्च आदर्शलाई अपनाउन सदा तत्पर रहन्छन । तसर्थ जस्तोसुकै मूल्य चुकाउन तत्पर रहन्छन भन्न खोजिएको हो । उच्च जीवन मूल्यलाई धारण गर्ने हिमवान पुरुष नै हिमालय अर्थात् पर्वतका समान स्थिर अचल,अडोल स्व–राज्यका अधिकारी राजा आत्माको निशानी हो । नारद अर्थात् सूचना प्रवाह गर्ने पात्र । जुन आत्मालाई सत्यको बोध हुन्छ,शक्तिको स्रोतलाई जान्दछ ऊ यस प्रलोभनका जालोदेखि आफूलाई सुरक्षित बनाउन सफल हुन्छ , त्यो आत्मा नै पार्वती हो । जब आत्मा शान्ति सुख प्रेमका स्रोत परमात्माको सानिध्यमा रहन्छ तब वर्तमानमा परम आनन्दको सुखद अनुभूति गर्दै भविष्यमा एक जन्मको मात्र होइन अनेकौं जन्मका लागि पुरै कल्पको सुख र ऐश्वर्य प्राप्त गर्न सफल हुन्छ ।

अतः त्याग, तप र पुरुषार्थको श्रेष्ठ मार्ग अपनाउनु नै वन गमन गर्नु हो । अन्तःकरणको गुफामा अन्तरमूखी भएर स्थिर जलको समान मनोभावलाई शान्त तथा आफ्नो सर्वस्व तन,मन, धन, समय,संकल्प र श्वासलाई सर्वेश्वर परमात्मामा अर्पण गर्नु नै गुफामा घोप्टो परेर तपस्या गर्नुलाई बुझिन्छ । निर्जला अर्थात् पानी समान स्थिरचित्त भएर आफ्नो अन्तरमनले परमात्मालाई देख्ने प्रयास गर्नु हो ।


व्रत भनेको प्रतिज्ञा गर्नु अथवा संकल्पबद्ध हुनुलाई बुझाउँछ । उपवास—उप अर्थात् माथी वा नजिक तथा वास भनेको स्थान जहाँ परमात्मा रहनु हुन्छ । परमात्माको सामिप्य एवं सानिध्यमा रहेर संसारको भाव र प्रभाव देखि विरक्त उपराम हुनु नै उपवास हो । प्रश्न उठ्छ कि यो व्रत केबल नारीले मात्र किन गर्ने गर्छन? कल्पान्तमा जब यस धरतीमा परमात्मा शिवको दिव्य अवतरण हुन्छ तब परमात्मालाई हरेक आत्माले माता,पिता, पति, परमेश्वर, रक्षक, नियन्ता आदि भनेर पुकार्ने गर्दछ । उक्त समयमा समाजमा सबैभन्दा तिरस्कृत, अपमानित, पीडित शोषित अवस्थामा रहेका नारीलाई नै परमात्माले समाज परिवर्तनका संवाहक तथा विश्व नव–निर्माणको कलश सुम्पिनु हुन्छ । सामाजिक उत्पीडन र मानविय यातनाका कारण निकै दयनीय अवस्थाका नारीको सुहाग अर्थात आदर्श, सम्मान र सम्वृद्धि पुनः प्राप्त गरी समस्त विश्व कल्याणार्थ परमात्मालाई आप्mनो पति—परमेश्वर मानेर जीवनको सर्वस्व समर्पण गरेको हुनाले नै आज मातृशक्तिलाई लक्ष्मी,उमा,सरस्वती वा शिवशक्तिको रुपमा गायन पूजन पनि गरिन्छ । यसै कुराको परिवर्तित भाव स्थूलरुपमा सुहागका लागि व्रत राख्ने परम्परा चलेको हो भन्ने बुझ्नु पर्दछ । आज हामी सबै आत्माको सुहागलाई मायारुपी विकारले हरण गरेको अवस्थामा हरेक आत्मा असुरक्षा, अभाव, चिन्ता र भयले पिडित छन् । परमात्मालाई पतिको रुप मानेर पार्वती रुपी आत्माले पुकारेको र परमात्माले तिनी आत्माहरुलाई आफ्नो शरणमा लिनुभएको कुरालाई कथाको दृष्टान्तले उजागर गर्न खाजेको हो ।


हरितालिका अर्थात सबै दुःख,कष्ट वेदना वा सन्तापलाई हर्ने एक हरि(परमात्मा शिव) भगवानले जो आध्यात्मिक मर्यादा तथा दिनचर्याको तालिका दिनुहुन्छ,त्यही अनुरूप जीवन चलाउने वा उहाँको दिव्य श्रीमतरुपी तालमा ताल मिलाएर जीवनरुपी रथलाई सञ्चालन गर्ने भन्ने अर्थ हुन्छ । यही सत्य रहस्यलाई बुझेर यस पर्वलाई मनाउने हो भने केवल नारी हैन समस्त मानव जातिकै कल्याण हुने थियो । रात्रिमा दर खानुको भाव हुन्छ– कलियुगी रात्रिमा अनेकौं विषय विकारहरू, तुफानहरू, महामारीहरू वा महासंकटको बेलामापनि आन्तरिक व्यवस्थापन, मौज र सन्तुष्ट स्थितिमा रहनु भन्ने सन्देश हो । जब व्रह्ममुहुर्त वा अमृतवेलामा जागृत भएर आत्माले परमात्मा शक्तिकेन्द्रबाट ज्ञान ध्यान र गुण एवं शक्तिहरु ग्रहण गर्छ तव आत्मा सशक्त वा दरो हुन्छ । मन वचन कर्ममा कहिल्यैपनि व्यर्थ वा नकारात्मक उर्जा प्रवाह हुन सक्दैन । उच्चतम आध्यात्मिक मानसिक अवस्था बनाई रहनु नै खुशीको रहस्य हो । परमात्माको दिव्य ज्ञान गुण र शक्तिहरू आत्माका वास्तविक श्रृंगार हुन, आभूषण हुन ।

आन्तरिक एवं आत्मिक सुन्दरतालाई धारण गरिसकेपछि मात्र मन सुमन बन्दछ । सधै मनैदेखि नाँचीरहनु मनोरञ्जन हो । तिजोरीको कथा अर्थात आध्यात्मिक तथा सनातन सत्यलाई बोध गर्न तेस्रो नेत्र वा ज्ञानचक्षु खोल्नुपर्ने हुन्छ भन्ने हो । ३६५ वटा दतिवनले दन्तमञ्जन गर्ने स्नान गर्ने प्रचलन समेत पाइन्छ । तर एक् दिन देखावटी गरेर नुहाउँदैमा हाम्रा कामनाहरू पूरा भै जन्म जन्मान्तरको पाप पखालिन्छ र ? मनोवाञ्छित फल प्राप्त गर्न त जीवनका प्रत्येक दिन परमात्माप्रदत्त ज्ञान र योगद्धारा आत्माको सफाई वा शुद्धिकरण हुन जरुरी छ त्यसपछि आत्मोत्थान संभव हुन्छ ।


निचोडमा भन्नुपर्दा वर्तमान परिवर्तनको समय हो । परमात्मा शिवको दिव्य अवतरणको वेला हो । जीवनमा २१ जन्मका लागि सुख,शान्ति र ऐश्वर्य प्राप्त गर्ने उत्तम अवसर पनि हो । भोगीको जीवनमा सुखको कल्पना मात्र गर्नु एक मृग तृष्णा समान वा काग विष्टाको समान हो  । अतः परमात्माको विश्व नव–निर्माणको कार्यमा तन, मन,धनले सहयोगी बनेर शिव पिताको कृपा आशिर्वाद प्राप्त गर्नु नै साँचो अर्थमा हरितालिका मनाउनु हो । परमात्मामा समर्पित दिव्य जीवनधारी ब्रह्मविद्याले आलोकित ब्रह्माकुमारी बहिनीहरु नै वास्तवमा परमात्मा(हरि)सँग भेट गराउने सच्चा सखी (तालिका) हुन । उहाँहरुले नै समस्त दुःख अनि पिंडामा छटपटाईरहेको आत्मारुपी पार्वतीहरूलाई परमात्मा शिवसँग मंगल मिलन गर्न सकिने सच्चा मार्ग देखाएर माया(विकार)को वन्धन हरण गरेर महान पुरुषार्थको लागि अभिप्रेरित गरिहेका छन् ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका माध्यामबाट ।


यदि यहीयथार्थ महत्वलाई बुझेर,मर्मलाई आत्मसात गर्ने हो भने जीवनको सच्चा सुहाग हामी आत्माहरूलाई प्राप्त हुन्छ । यो सामर्थ सबैलाई प्राप्त होस्,सबैको मनोकामना पूरा सकोस् । हामी जो जहाँ छौ सुरक्षित रहौं र सवैको कल्याणको कामना गरौं । हरितालिका (तीज) संकल्पको पर्व हो । उपबास र उपासनाको पर्व हो । संस्कृतीलाई विकृती होइन सुसंस्कृत बनाउने संकल्प सहितको पर्व हो । हामी सबै नारी पुरुषले यसलाई संस्कारयुक्त बनाउन सकेनौं भने तीज दिन प्रतिदिन खर्चालु, भड्किलो र सामाजिक रुपले विषाक्त बन्दै जाने छ । हामी तीजमा विशेष श्रृंगार गर्छो । सोचौं गहना दुर्घटनाको कारण नबनोस् । उत्ताउलो फेसन र पोशाक बलात्कारको समाचार नबनोस् । तसर्थ हाम्रो श्रृंगार वा पहिरन असोभनीय र हाम्रो दर्शन विपरित होइन शालिन र भद्र होस् । तीज संस्कार र संस्कृति संरक्षण सम्वद्र्धनको प्रयाय बन्न सकोस् । सवै पाठकगण लगायत देश विदेशका आमा दिदी वैनीहरूमा कोटी कोटी शुभकामना ।। ॐ शान्ति
लेखक बह्माकुमारीज मधुवन आध्यात्मिक पुनजार्गरण केन्द्र घोराहीका प्रवक्ता हुन् ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस