विजौरी । तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले अब कृषिमा अर्गानिक खेती गर्न सबैले ध्यान दिनु पर्ने बताए ।
पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रको आयोजनामा तीन दिने अर्गानिक मल र विषादि प्रयोग सम्बन्धी तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेको वलीले पछिल्लो समय धेरै उत्पादन गर्नको लागि होस्, वा छिट्टो बढाउनका लागि विषादिहरू प्रयोग गर्ने गर्दा आम नागरिकहरूमा प्राण घातक रोग बढ्दै गएको अव कृषिमा अर्गानिक खेती गर्न सबैले ध्यान दिनु पर्ने बताएका छन ।
उनले भने,‘ अहिले छिट्टो पैसा कमाउने नाममा अनेक थरि विषादिहरू प्रयोग गर्दा प्राणघातक रोग बढ्दै गएका छन् । त्यो हामीले आफै उत्पादन गरेपनि खाने गरेका छौँ । बिक्री गरेर अरुलाई खुवाएका छौँ । अब सबैले अर्गानिक खेती गर्न जरुरी छ । यसका लागि स्थानीय सरकार सहयोग गर्न तयार रहेको छ ।’अहिले बजारमा विषादि प्रयोग भएका बस्तुहरू आउँदै सबैले त्यो खाने गरेको र त्यसको अहिलेसम्म परिक्षण नभएको हुँदा पनि हामीले तरकारी खाएको छौँ की रु विष खाएका छौँ, भन्दा अब सबैले सोच्ने बेला आएको समेत उनको भनाइ छ ।
उनले भने,‘ हामीले प्रत्यक्ष रुपमा विष किनेर खाएका छैनौँ । तर, पछिल्लो समय कृषिमा प्रयोग हुन विषादि पनि विष नै हो । यसले हाम्रो शरीरमा विस्तारै असर गर्दै आएको छ । ’ यस यस्ता किसिमका विषादिह प्रयोग नगर्नको लागि सबै नेपालीहरूले सोच्नु पर्ने समेत उनको भनाइ छ । यस्तै वडा नंं १८ का वडाध्यक्ष समेत रहेको उनले यसको सुरुवात लागि तुलसीपुर उपमहानगरबाट गर्नु पर्नेमा सुझाव दिए । हिजो तुलनमा भन्दा अहिले नसर्ने रोगहरू मानिसहरूमा धेरै देखिन थालेको भन्दै उनले अब आहार, व्यवहार र विचारमा ध्यान दिनु पर्ने समेत बताए । यस्तै उनले तालिममा सहभागीहरूलाई तालिममा सिकेका कुराहरू व्यवहारमा लागू गर्न समेत आग्रह गरे ।
‘ हामीले बिक्री बितरण गर्नको लागि होस्, वा आफै खानको लागि उत्पादन भएका तरकारीमा अर्गानिक मल र अर्गानिक विषादि नै प्रयोग गरौँ । आजको तालिम पनि यही कुराको लागि हो । अब तपाईँहरूले तालिममा सिकेका कुराहरूलाई आफूले पनि प्रयोग गर्ने र गाउँ समाजमा पनि सिकाउन पर्छ । विषादि मुक्त समाज निर्माण गर्नुपर्छ,‘ उनले भने ।
देशको र ब्यक्तिको आर्थिक अवस्था सुदृढ बनाउको लागि अब कृषिबाट नै सकिने उनको भनाइ छ । यस्तै विशिष्ट अतिथि तुलसीपुर १६ का वडाध्यक्ष शिबानन्द डाँगीले कीरा मार्नको लागि विभिन्न प्रकारका विषादिहरू प्रयोग गर्दा मानिसको स्वास्थ्यमा मात्र नभइ लगाएको बालीमा पनि असर हुने बताए । उनले भने,‘ गत वर्ष मैले घरमा करेलालाई रोग लागेपछि बजारबाट विषादि किनेर ल्याए । तर, त्यसले कीरा मार्ला भनेको त उल्टै करेलालाई नै मारिदियो । यसबाट पनि थाहा हुन्छ, कि विषादि कस्तो हुन्छ । ’यस्तै उनले गाउँमा अर्गानिक रुपमा फलाएका तरकारीहरू हामीहरूले त्यो बजारमा लगेर बिक्री गर्ने र बजारबाट सोयाबिन ल्याएर खाने चलन रहेको छ । त्यसले स्वास्थ्यमा कति फाइदा गर्छ, वा असर गर्न भन्ने कुरा पनि थाहा पाउनु पर्ने समेत बताए । यस्तै अर्गानिक खाना खाँदा हाम्रो जीवन, आयुमा के हुन्छ, नखाँदा के हुन्छ, जस्ता यस तालिमबाट सिकिने भएकाले सिकेका कुराहरूलाई समाजमा सबैलाई सिकाउनु पर्ने समेत उनको भनाइ छ ।
यस्तै उपमहानगरले पनि तुलसीपुरमा मकै, तरकारी लगायतका पकेट क्षेत्र बनाउन लागेको भन्दै उनले त्यो क्षेत्रमा अर्गानिक तरकारी खेती गरेर तुलसीपुरको पहिचान दिन खोजेको समेत बताए । यस्तै अर्का विशिष्ट अतिथि कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रुद्रमणि पौडेल तालिमका सहभागीहरूलाई अर्गानिक मल तथा अर्गानिक विषादिको बारेमा प्रस्ट पारेका थिए । गन्यारी कृषि सहकारीका लक्ष्मी चौधरीको स्वागत मन्तव्य शुरु भएको कार्यक्रमको सञ्चालन चन्द्र प्रकाश धितालले गरेका थिए । तालिम प्रशिक्षकमा रुद्रमणि पौडेल र कृषि ज्ञान केन्द्र कै फिटुमान चौधरी रहेका छन् । तालिममा तुलसीपुरका विभिन्न वडाका ४० सहभागी रहेका छन् ।