प्रावि मोतीपुरमा नयाँ समिती गठन


दाङ । 
प्राथमिक विद्यालय मोतीपुरले नयाँ कार्य समिति गठन गरेको छ । तुलसीपुर ७ मा रहेको प्राथमिक विद्यालय मोतीपुरले आज (शनिबार) विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघ समिति गठन गरेको हो ।

नयाँ विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा छोटीलाल थारु रहनु भएको छ । यसैगरी सदस्यहरुमा तुलसीपुर ७ का वडा अध्यक्ष रामबहादुर जिसी, नारायण कुमार आचार्य, गिता खड्का, धनसरा केसी, पुजा नेपाली, कल्पना गिरी र सदस्य सचिवमा हिमकुमारी पुन रहनु भएको छ ।

यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा हिमु नेपाली रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा संगिता चौधरी, कमला बुढाथोकी, निस्ता केसी, भिमसरा बोहोरा, शान्ती चौधरी, रामेश्वर भण्डारी, मिना रावत र निमकान्त आचार्य रहेको विद्यालयका प्रधानाध्यापक हिमसरा बुढा मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा भेषप्रसाद भण्डारी, हिमु नेपाली, रामेश्वर भण्डारी, निमकान्त आचार्य, नारायण कुमार आचार्य लगायतले शैक्षिक संस्था ज्ञानको खानी भएको भन्दै विद्यालयलाई ब्यवस्थित बनाउनु पर्ने बताएका छन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष छोटीलाल थारुको अध्यक्षता तथा तुलसीपुर ७ का वडा अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

 विद्यालयका शिक्षक सृजना गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका प्रधानाध्यापक हिमसरा बुढा मगरले गर्नु भएको हो ।

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस