घोराही । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताउनु भएको छ । दाङमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताउनु भएको हाे ।
सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार रहेकाे धारणा राख्नु भयाे ।माओबादी केन्द्रका उपाध्यक्ष समेत रहेका महराले अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । जुनबेला बाेलाएपनि जान तयारीमा छु भन्नुभयाे।
सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको छु उहाले भन्नुभयाे । त्यसबाहेक उनलाई आफूले नचिनेको उनको भनाइ छ । तर, महराले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको बताउँदै सञ्चार माध्यममा गलत प्रचार भएको गुनासो गर्नुभयाे ।
उहाले सुन तस्करीको भनेको टोलिफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको दाबी गर्नुभयाे ।