रोपाइँँ क्षेत्रफल वर्षैपिच्छे फरक


दाङ ।
यस वर्ष दाङमा धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र दाङले जिल्लामा ३९ हजार चार सय हेक्टर मध्ये यस वर्ष ३३ हजार छ सय ८७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको जनाएको छ ।


तुलसीपुर उपमहानगरमा ७ हजार ३ सय १५ हेक्टर, घोराही उपमहानगरपालिकामा सात हजार दुई सय ४८ हेक्टर, दंगीशरण गाउँपालिकामा चार हजार नौ सय ७२ हेक्टर, राप्ती गाउँपालिकामा तीन हजार सात सय ६७ हेक्टर, लमही नगरपालिकामा तीन हजार एक सय छ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको हाे ।


बबई गाउँपालिकामा दुई हजार एक सय ८९ हेक्टर, गढवा गाउँपालिकामा एक हजार सात सय ९४ हेक्टर, शान्तिनगर गाउँपालिकामा एक हजार तीनसय ९१ हेक्टर, राजपुर गाउँपालिकामा एक हजार दुई सय ७३ हेक्टर र बंगलाचुली गाउँपालिकामा छ सय ३३ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ ।


बाह्रैमहिना सिंचाई सुविधा भएका, खोला आसपासका र दुई बाली फल्ने देउखुरीका अधिकांश खेतमा महिना दिन अगाडि नै रोपाइँ सकिएको थियो भने दाङका सिंचाई नपुगेका बाँकी क्षेत्रमा पनि रोपाइँ सकिएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस