आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेपछि विद्यालय बन्द


दाङ ।
दाङमा आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेपछि विद्यालय बन्द हुन थालेका छन् । राजपुर गाउँपालिकाले भोली बुधबारदेखि आउदो शुक्रबार २६ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निणर्य गरेको छ ।

आज मंगलबार बसेको कार्यालय बैठकका अनुसार आउदो २६ गतेसम्म विद्यालय बन्द गर्ने निणर्य भएको पालिका शिक्षा शाखा अधिकृत केशव लम्सालले जानकारी दिनुभयो । यसअघि आइतबारदेखि दाङको गढवा गाउँपालिकामा विद्यालय बन्द भइसकेको छ ।


केही दिनदेखि विद्यालय तथा समुदाय स्तरमा बालबालिकाहरूमा आँखा चिलाउने, पाक्ने, रातो हुने जस्ता समस्या देखिएका कारण साउन २८ गतेसम्मका लागि विद्यालय बन्द गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस