प्रधानमन्त्री प्रचण्ड र एमाले सचिव लेखराज भट्टबीच भेट

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान कैलालीको अत्तरियास्थित नेकपा एमालेका सचिव लेखराज भट्टलाई भेटेका छन् । भट्टसँग समसामयिक विषयमा छलफल गरेको प्रचण्डले बताएका छन् ।

लेखराज भट्ट राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल गरेको जानकारी प्रचण्डले दिए ।

पूर्वमाओवादी नेता भट्ट नेकपा भंग भएपछि माओवादी नेकपा एमालेतिर लागेका थिए । भट्ट माओवादीभित्र प्रचण्ड निकट मानिन्थे । एक सार्वजनिक कार्यक्रममा प्रचण्डले भट्ट एमालेतिर लाग्दा आफूलाई रातभर निद्रा नलागेको बताएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री प्रचण्ड धनगढीको गेटा विमानस्थलबाट भट्टको निवासमा गएका थिए ।

प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस