स्वतन्त्र सांसद किरणकुमार साह एमालेमा प्रवेश

रौतहट । रौतहट–२ बाट प्रतिनिधि सभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमवार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् ।

उनी रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

त्यस अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । अब एमालेको प्रतिनिधि सभामा सिट सङ्ख्या ७९ पुगेको छ ।

प्रकाशित मिति : २०७९ पुष १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस