
बुटवल । (विप्लव नेतृत्व) नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन सरकार बिच भएको तीनबँुदे सहमतिको कार्यान्वयनका लागि कानुनी बाटो खोल्न मुलुकी फौजदारी संहिता (पहिलो संसोधन) अध्यादेश २०७९ सरकारले राष्ट्रपति समक्ष पेश गरेपछि यसलाई असफल पार्न र मुलुकमा अशान्ती तथा द्वन्द्धको अवस्था सिर्जना गर्न षड्यन्त्र हुन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रमहरु गर्ने भएको छ ।
पार्टीको केन्द्रिय कार्यालय कपिलवस्तु स्रोतका अनुसार नेकपाद्धारा पुस १ गते दिउँसो २ बजे देशव्यापी प्रदर्शन, २ गते कोणसभा, ३ गते जिल्ला सदरमुकाम र देशका मुख्य शहरहरुमा अन्तक्र्रिया, ४ गते साँझ मसाल जुलुस र ५ गते बिहान १०–११ बजेसम्म १ घण्टा चक्काजाम गर्ने जनाईएको छ ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार संग नेपाल कम्युनिस्ट पार्टीले २० महिना अघि गरेको सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टीले शान्तिपूर्ण रुपमा आफ्ना विषयहरु राख्ने र सरकारले नेकपा माथि लगाएको प्रतिबन्ध फिर्ता लिने, बन्दी बनाईएका नेता कार्यकर्ताहरुको विना सर्त रिहाई गर्ने र उनीहरुमाथी राजनीतिक आस्थाका आधारमा लगाईएका मुद्धाहरु खारेज गर्ने सहमति भएपनि तर कार्यान्यवनमा ढिलाई गरेको भन्दै ध्यानाकर्षण गराउने उद्देश्यले संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य भएको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सिले वताएका छन् ।
तर, सरकारले पछिल्लो समय नेकपा माथिको प्रतिबन्ध फिर्ता लिएपनि अन्य दुईवटा मुद्धाहरुको सुनुवाई नभएको र हालसम्म पटक–पटक नेकपा र वर्तमान शेरवहादुर देउवा नेतृत्वको सरकार संगपनि बिभिन्न माध्यम बाट छलफल भएपनि निकास नपाईएका बेला वर्तमान सरकारले ढिलैभएपनि ३ बुँदे सहमतिलाई समेट्ने गरी ल्याउन लागेको अध्यादेशलाई ब्रेक गर्न केहि तत्वहरुको सक्रियता बढेको र मुलुकमा शान्तिपूर्ण वातावरण निर्माण गर्नेकार्यमा बाधा पु¥याउन खोजेकाहरुले अध्यादेश बिरुद्ध षड्यन्त्र गर्दै, मुलुकमा पुनः द्वन्द्ध, र अस्थिरता पैदागरी देशमा बाह्य शक्तिको हस्तक्षेप बढाउने कदमप्रति नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रमहरु घोषण गरेको प्रवक्ता सीले जनाएका छन् ।