नवलपरासी । पश्चिम नवलपरासीमा देखिएको लागु औषध दुव्र्यसनी सम्वन्धी समस्या समाधान गर्न नेपाली कांग्रेसका नेता विनोद चौधरीको पहलमा विशेष व्यवस्था गरिएको छ ।
बर्दघाट नगरपालिका र नार्कोनन नेपालको संस्थाको संयुक्त पहलमा जिल्लामा विकराल समस्याको रुपमा देखिएको लागु औषध दुव्र्यसनी सम्वन्धी समस्या समाधान गर्न पहल थालिएको हो ।नार्कोनन् नेपालका कार्यकारी अध्यक्ष बसन्त कुवरको पहलमा अभियान संचालन गर्न लागेको बताईएको छ । स्थानिय तहहरुसंग समन्वय गरी कार्यक्रम संचालन गर्ने
जनाईएको छ ।
युवा जनशक्ती लागु औषध दुव्र्यसनीमा फस्नु राज्यको जनशक्ती खेरगए शहर भएकाले यस प्रकारको सहजकर्ता भुमीका खेल्न पाएकोमा आफु खुसी भएको चौधरीले प्रतिकृया दिए । पश्चिम् नवलपरासीमा खुला सिमाका कारण प्रहरी प्रशासन लाई समेत छलेर लागुऔषध सहजै रुपमा भित्रने गरेको छ ।यसमा बालबालिकालाई समेत प्रयोग गरीएको पाईन्छ ।
बिपन्न समुदायका बालबालिकालाई आर्थिक प्रलोभन देखाएर आोसारपसारकालागि प्रयोग गर्ने गरेको समेत स्थानियहरु बताउछन् । सम्बन्धित निकाय र स्थानिय तहहरुले यो समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्न नसकिरहेको अवस्थामा चौधरीले सक्रियता देखाएका छन् ।
बिद्यालय तहदेखि नै बिद्यार्थीहरु कुलतमा फस्दा यो समस्या दैनिक रुपमा बिकराल बन्दै गएको छ । यस क्षेत्रमालो ठुलो संख्यामा युवा पुस्ता नै लागुऔषधको दलदलमा फस्दा यसको नियन्त्रण गम्भिर र चुनौतिको बिषय बनेको छ ।
सामुहिक रुपमा सबै स्थानिय तह र सम्बद्ध सरोकारवाला सबैलाई जोडेर चौधरीले न्युनिकरणकालागि पहल सुरु भएको बताएका छन् ।लागुऔषधका क्षेत्रमा काम गर्दै आईरहेको प्रतिष्ठित संस्था नार्काेनन् नेपालको सहयोगमा बिषेश अभियानको तयारी गरिएको बताईएको छ ।