आज उपसभामुखको निर्वाचनका लागि मनोनय दर्ता

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । निर्वाचनका लागि आज बिहीबार मनोनयन दर्ताको कार्यसूची रहेको छ ।

बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ । मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।तत्कालीन उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिएपछि करिब तीन वर्षदेखि यो पद रिक्त रहेको छ ।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस