बिजौरी । तुलसीपुर उपमहानगरपालिका बनेपछि चुनिएको जनप्रतिनिधिले गएका चार वर्षमा धेरै सपना पस्के, तर ती सबै सपना अधुरा रहे । चार वर्षे कार्यकाल स्मार्ट तुलसीपुरको नाम जप्दाजप्तै समाप्त भएको नगरबासीहरुले बताएका छन् । आसन्न निर्वाचनमा मतदाताहरुले यसको समीक्षा गर्ने उनीहरुको भनाइ थियो ।
‘सडेको फर्सीलाई मालागेडी मसलाले सुगन्धित बनाउन सकिंदैन, न फर्सीको स्वाद, न मालागेडी मसलाको स्वाद’, एक जना तुलसीपुरबासीले भने, यस्तै छ, स्मार्ट तुलसीपुर । फर्सी देख्दा जति सुन्दर देखिन्छ, काटेर हेर्दा त्यसको सुन्दरता र भित्री अंशले त्यति मजा दिंदैन । अझै कुहिएको फर्सीको त कस्तो होला, आफै कल्पना गरौं, ती नागरिकको गुनासो थियो । चार वर्षे कार्यकाल यस्तै गुनासै गुनासाको संगालोले बितेको छ, तुलसीपुर उपमहानगरपालिकाको ।
भिजन निकै राम्रो थियो, तर हात्तिखौवाको धुलोले भिजनलाई नै धमिल्याएको छ । तुलसीपुर उपमहानगरपालिकाको मुख्य बजार प्रवेशद्वार हात्तिखौवा होस् वा अमिलिया—तुलसीपुर सडकखण्डको मदन भण्डारी चौक, आगन्तुकले आँखा, नाक र मुख एकै पटक छोप्नुपर्दा कस्तो निस्सासिने अवस्था आउछ होला, हो यहि हो स्मार्ट तुलसीपुरको गजबको परिभाषा ।
नग
र प्रमुखका हरेक कार्यक्रममा एउटा अभिव्यक्ति दोहोरिरहन्छ, हामीले मातृमृत्युदर सुन्य बनाइसक्यौं, आमाहरुलाई ५ सय रुपैया सुत्केरी भत्ता दिन्छौं भनेर । थाहा छैन, वर्षेनी तुलसीपुर प्रादेशिक अस्पतालमा सुत्केरी गराउन नसकेर कति गर्भवतीलाई नेपालगन्ज रिफर गरिएको छ । खोइ, गर्भवती रिफरको तथ्यांक तुलसीपुर प्रादेशिक अस्पतालसँग छ ? आम नागरिकको यो प्रश्नमा अनुत्तरित छ, स्मार्ट तुलसीपुर ।
अर्का एक जना तुलसीपुरबासी भन्छन्—यहि कुरुपता देखिन्छ भनेर नै तुलसीपुर उपमहानगरपालिकाले पहिलो नगरसभामा उद्घोष गरिसकेको टि—टावर निर्माण गरेन ।’ यदि नगरपालिका मुख्य भवनको उत्तरतर्फ अग्लो टावर बनाइएको भए, सायद त्यो टावरबाट तुलसीपुरको स्मार्टपन सबै नागरिकले देख्न सक्थे । स्मार्ट भनिएको बत्तिविहीन आधुनिक बसपार्क, सुरक्षा गेट बिनाको पार्किङ एरिया र पानी बिनाको सौचालय, असरल्ल ठेला व्यापार, अनि धुलाम्मे कोशेली घरभित्रका आयातित खाद्य सामग्रीहरु । स्थानीय र अर्गानिक खाद्य वस्तुका प्रवद्र्धन गर्ने कोशेली घरमा पुग्दा गृहिणीले पाउने छन् ।
तुलसीपुरबासीका लागि सहज र सुलभ प्राविधिक शिक्षाका नाममा खुलेको मेट्रो कलेजले सामुदायिक विद्यालयले जसोतसो चलाइरहेका प्राविधिक शैक्षिक कार्यक्रमलाई तहसनहस बनाइरहेको छ । छात्रवृत्तिका नाममा जनप्रतिनिधिका आसेपासेलाई विपन्नको कोटामा निशुल्क प्राविधिक शिक्षा । मोवाइल मर्मतदेखि कपाल कटिङसम्मका प्राविधिक शिक्षाले तुलसीपुरबासीलाई कुन तहको समृद्धिमा पुर्याउन सक्लान ? आम नगरबासीले यहि प्रश्न सोधिरहेका छन् । न कर्मचारी भर्नामा कुनै मापदण्ड बनाइएको छ, नत विद्यार्थीलाई छात्रवृत्तिको मापदण्ड बनाइएको छ, अर्थात् एउटा राजनीतिक दलको भर्ति केन्द्र जस्तै बनेको छ, तुलसीपुर मेट्रो कलेज ।
नगर प्रमुखका हरेक कार्यक्रममा एउटा अभिव्यक्ति दोहोरिरहन्छ, हामीले मातृमृत्युदर सुन्य बनाइसक्यौं, आमाहरुलाई ५ सय रुपैया सुत्केरी भत्ता दिन्छौं भनेर । थाहा छैन, वर्षेनी तुलसीपुर प्रादेशिक अस्पतालमा सुत्केरी गराउन नसकेर कति गर्भवतीलाई नेपालगन्ज रिफर गरिएको छ । खोइ, गर्भवती रिफरको तथ्यांक तुलसीपुर प्रादेशिक अस्पतालसँग छ ? आम नागरिकको यो प्रश्नमा अनुत्तरित छ, स्मार्ट तुलसीपुर ।
रातारात निर्माण गरेर सञ्चालनमा ल्याइएको तुलसीपुर मेट्रो हस्पिटलबारे उपमहानगरपालिका भनिरहेको छ, हामीले आफ्नै स्वामित्वको स्तरीय अस्पताल निर्माण गरेका छौं । जनप्रतिनिधि नआउँदै निर्माण सुरु भएको भिमसेन शहरी स्वास्थ्य केन्द्र बल्लबल्ल कोरोनाले वेड र अक्सिजन जुराइदिएपछि सञ्चालनमा आयो । कोरोना सकिएसँगै अस्पताल बिरामी सुन्य बनेको छ । किनकि त्यहाँ कुनै पनि रोगको विशेषज्ञ विनै कम्तिमा ५० कर्मचारी पुगेका छन् । बिरामी बिनाको अस्पतालमा यति धेरै स्वास्थ्यकर्मी/कर्मचारीलाई हाजिरी गराइरहँदा उपमहानगरपालिका चुर्लुम्म ऋणमा डुबेको होइन र ।
वडा अध्यक्षको विकासको अधिकारलाई अंकुश लगाएर खोलिएको तुलसीपुर विकास प्राधिकरण एक वर्षमा ६० किलोमिटर सडक कालोपत्रेको लक्ष्यमा अघि बढेको मन्त्र जपिदै गयो, अन्ततः एक वर्षमा ६० किमि सडक ग्राभेल समेत हुन सकेन । ठेक्का लगाएका÷नलगाएका खोलाको गिट्टि, वालुवा उठाएर उपमहानगरपालिकाका टिप्परहरुले निजी प्लटिङका बाटोमा झारिरहेका छन्, विकासको सस्तो लोकप्रियताका लागि ।
साँच्चै अस्पताललाई विशेषज्ञ अस्पताल बनाएर चलाउन सक्नुपथ्र्यो उपमहानगरपालिकाले तर त्यसो हुन नसक्दा खोल्नु कि बन्द गर्नुको अवस्थामा पुगेको छ, मेट्रो अस्पताल, जहाँ अक्सिजनका खाली सिलिण्डर र कोरोनाका बिरामीका लागि भनेर चन्दामा जुटाइएका एचडियु वेड बाहेक केही सुविधा नगरबासीलाई नभएको त्यस क्षेत्रका स्थानीयबासीले बताएका छन् । उपमहानगरपालिकाको कुशल इच्छा शक्ति भइदिएको भए तुलसीपुर मेट्रो हस्पिटललाई प्रसुती, बाल, अर्थो वा कुनै विशेषज्ञ संस्थाकारुपमा सञ्चालनको भिजन ल्याइनुपर्थ्यो, तर यो टिमले त्यो काम गर्न समर्थ नहुँदै कार्यकाल सकिएको छ ।
प्रत्येक वडामा एम्बुलेन्स सेवा भनेर नगर प्रमुखले स्मार्ट हेल्थ बोलिरहँदा फुलबारीबासीलाई भनेर ल्याएको एम्बुलेन्स राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा दिनभर पार्किङ भैरहेको हुन्छ, तोप्पापानी कुटेचौरका नाममा राजश्व छुट गरेर ल्याइएको एम्बुलेन्स महिनौंसम्म चालकले ठेक्कामा चलाएका हुन्छन् । न चालकलाई पारिश्रमिकको व्यवस्थापन, न त एम्बुलेन्स सञ्चालन कार्यविधि । यहि बीचमै स्मार्ट हेल्थको नारा भजाइरहेको छ, तुलसीपुर, बिरामी बोक्न डोको र अटो, नगरबासीको नियति बनेको छ ।
वडा अध्यक्षको विकासको अधिकारलाई अंकुश लगाएर खोलिएको तुलसीपुर विकास प्राधिकरण एक वर्षमा ६० किलोमिटर सडक कालोपत्रेको लक्ष्यमा अघि बढेको मन्त्र जपिदै गयो, अन्ततः एक वर्षमा ६० किमि सडक ग्राभेल समेत हुन सकेन । ठेक्का लगाएका÷नलगाएका खोलाको गिट्टि, वालुवा उठाएर उपमहानगरपालिकाका टिप्परहरुले निजी प्लटिङका बाटोमा झारिरहेका छन्, विकासको सस्तो लोकप्रियताका लागि ।
‘हाम्रो पक्की सडक सपना अधुरै रहेको छ, तुलसीपुर उपमहानगरपालिका —१७ का एक नागरिकले भने । उनले वडाभित्रका निजी प्लटिङका सडकहरुमा मेयरका आसेपासेका नाममा धमाधम नदीजन्य पदार्थ झार्न थालिएको छ । सडेको फर्सी र स्मार्ट तुलसीपुरको मन्त्र उस्तै हो, नगरबासीको यहि अभिव्यक्ति छ, स्मार्ट बन्न सकेन तुलसीपुर ।
साक्षी खबरबाट