
सेन्चुरी कमर्सियल बैंक लिमिटेड शाखा कार्यालय घोराही दाङका प्रबन्धक अर्जुन शर्मासंग बैंकिङ क्षेत्रका विषयवस्तुमा केन्द्रित रहेर गरेको अनिल अधिकारीले गरेको कुराकानी सारसंक्षेपमा……….
यहाँको व्यस्तता आजभोली केमा छ ?
म बैंकको काममा व्यस्त रहने गरेको छु । सेवा लिन आउने सेवाग्राहीलाई छितोछरितो सेवा दिने उद्देश्यका साथ काम गरिरहेको छु । सेवाग्राहीले चाहेको सेवा म आवद्ध बैंकले दिइरहेको व्यहोरा म यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।
तपाईको अध्ययन र कार्यरत संस्थाको बारेमा केही बताईदिनुहोस् न ?
मेरो जन्मस्थान सल्यानको माल्नेटा हो । विद्यालय सम्मको अध्ययन सल्यान माल्नेटा स्थित श्री त्रिभुवन जन माध्यमिक विद्यालयमा भयो । एस एल सि पछि अध्ययन् गर्ने शिलशिलामा काठमाण्डौं पुगियो । काठमाण्डौं स्थित शंकदेव क्याम्पसबाट ब्यवस्थापन संकायमा स्नातकोत्तर गरी सकेपछि जागिरको शिलशिलामा बैकिङ सेवामा प्रवेश गरियो । विगत ११ बर्षदेखी निरन्तर बैंकहरुमा काम गरिरहेको छु । आजभोली सेच्चुरी कमर्सियल बैंकको घोराही शाखामा शाखा प्रबन्धकको रुपमा कार्यरत छु ।
बैकिङ सेवा नै किन रोज्नु भयो त, सानै देखि यसप्रति लगाव थियो कि ?
यसमा अलि फरक कुरा छ । मैले दुर्गम पहाडको सरकारी विद्यालयबाट एस एल सी पास गरे । पढाईमा राम्रै थिए । इन्जिनियरीङ पढ्ने सोँच थियो त्यसैले काठमाण्डौ गइयो । सो समयमा डिप्लोमा इन्जिनियरीङ पढाई हुने सरकारी कलेजहरु देशभरीमा ४ वटा थिए । काठमाण्डौको थापाथली, पोखरा, धरान र जनकपुरमा । इन्जिनियरीङ त्यो बेलामा अलि महंगो थियो । स्कलरशिपमा मेरो नाम निस्किएन । त्यसपछि मसंग दुईवटा विकल्प आयो, साइन्स पढ्ने कि कर्मश भनेर । मेरो साइन्स पढ्ने मन थियो तर पारिवारीक सुझाव अनुसार मैले कमर्श पढ्न थाले । म भन्दा अगाडि मेरो परीवारमा कमर्श फ्याकल्टीको कोही थिएन । २।।३ वर्ष मन नै नलागेर जवरजस्ती कमर्श पढे । जव बुझ्दै गए कमर्शको राम्रो स्कोप भएको पाएँ । ब्यवस्थापनका विद्यार्थिहरुका अनेकौ विपल्पहरु मध्ये मैले बैकिङ छाने । अहिले कमर्श पढेकोमा र बैकिङमा आएकोमा कुनै गुनासो छैन ।
तपाई कार्यरत बैंक र यसले दिने सेवा सुविधाका विषयमा बताइदिनुहास् न ?
सेन्चुरी कमर्सियल बैक नेपालको कान्छो कर्मसियल बैक हो । जुन सन् २०११ मा स्थापना भएको हो । काठमाण्डौको पुतलीसडकमा प्रधान कार्यालय रहेको यस र्बैकको १२६ शाखा, १० विस्तारीत काउन्टर, २२ शाखारहित र ९२ एटिएम काउन्टर रहेका छन । लुम्विनी प्रदेशमा १३ वटा शाखाबाट सेवा दिईरहेका छौं । दाङ जिल्लामा हाल घोराहीमा एकमात्र शाखा भएपनी अन्य ठाउमा भविश्यमा शाखा सञ्जाल विस्तार गर्ने योजनामा छौं । सेवाग्राहीको ध्यानलाई मध्यनजर गर्दै छिट्टै अन्य शाखा खुल्ने क्रममा छन् । छिटोछरितो सेवाग्राहीलाई सेवा दिनु यसको प्रमुख उद्देश्य हो ।
सामान्यतया हरेक बैंक बित्तिय संस्थाको कामको प्रकृती एउटै हुन्छ, समाजमा स–सानो रुपमा छरिएर रहेको पुँजीलाई निक्षपकोरुपमा संकलन गर्ने र संकलित निक्षपलाई उत्पादनशिल क्षेत्रमा लगानी गरेर देशको आर्थिक विकाशमा टेवा पुर्याउने यसको प्रमुख उद्देश्य हो । सेन्चुरी बैंकले निक्षपका विभिन्न प्रोडक्टहरुकमा आकर्षक ब्याज प्रदान गर्दै आएको छ । त्यस्तै कर्जातर्फ पनी सामान्य ब्यक्तिगत कर्जा, ब्यावसायिक कर्जा, घर कर्जा, सवारी कर्जा, शैक्षिक कर्जा लगाएतका अन्य कर्जाहरु प्रदान गर्छ । त्यसबाहेक विभिन्न सहुलियतपूर्ण कुर्षि कर्जाहरु, महिला उद्यमी कर्जा, दलित तथा सिमान्तकृत वर्ग कर्जाहरु ५ देखि ६ प्रतिशतको ब्याज अनुदानमा प्रदान गर्दै आई रहेका छ । अन्य सेवाहरुमा विदेशबाट आएको रेमिट्न्सको भुक्तानी छिटो छरितो ढंगबाट हुन्छ । आजको युग भनेको प्रविधिको युग भएकाले बैकिङ कारोवार पनी प्रविधि मार्फत छिटो छरितो ढंगबाट सम्पन्न गर्न बैंकले मोवाइल बैकिङ, भिजा डेबिट÷क्रेडिट कार्ड, ई बैकिङ, क्युआर कोड लगायतका सेवाहरु समेत प्रदान गर्दै आएको छ । सेवाग्राहीको मागबमोजिम अन्य सेवा थप गर्ने सोँचमा बैंक रहेको छ ।
बैंक तथा वित्तिय संस्थाले प्रदान गर्ने सेवा सुविधा समान देखिन्छन् । यस्तो अवस्थामा सेवाग्राही सेन्चुरी बैंंकमा नै किन जाने ?
तपाईले ठिक भन्नुभयो, लगभग सबै बैंक वित्तीय संस्थाले प्रदान गर्ने सेवा सुविधा एउटै प्रकृतिका छन् । अहिलेको समयमा कसैलाई फुर्सद छैन । सबैजना ब्यस्त हुन्छन्,सबैलाई समयको महत्व त्यत्तिकै छ । कुनै एक समय थियो बैंकमा पैसा जम्मा गर्न जाँदा वा निकाल्न जाँदा पुरा दिनभरीको समय छुट्याउनु पर्थ्योृ । अहिले पनी केहि बैंकहरुमा एउटा सामान्य बैकिङ कारोबार गर्न ३–४ घण्टा लाग्छ । जब हामीले बेच्ने प्रोडक्ट एउटै हुन्छ तब हामीले दिने सेवाहरु कति प्रतिस्पर्धी छन भन्ने कुरामा यसले धेरै अर्थ राख्छ । सेन्चुरी बैंकमा कुनै पनि सामन्य बैकिङ कारोवार गर्न १० मिनेट भन्दा बढी समय लाग्दैन, हाम्रा कर्मचारी साथिहरु सेवाग्राहीको सेवाको लागि स्ट्याण्ड रहनुभएको हुन्छ । अझै पनी हाम्रो देशको धेरै जनसंख्या बैकिङ पहुँचबाट बाहिर छन्, धेरै जेष्ठ नागरिक अशिक्षित हुनुहुन्छ, यो बर्गलाई बैकिङ सिकाउने पनी हाम्रो कर्तब्य भित्र पर्छ, त्यसैले हामी उहाँहरुलाई सजिलो बनाउन सजिलो तरिकाले उहाँहरुलाई सेवा प्रदान गर्छौ । हामीले बैंकभित्र आउने प्रत्येक ब्यक्तिलाई एउटा ग्राहक भन्दापनी एउटा परिवारको सदस्य जस्तो महसुस गराउने प्रयास गर्छौं । यी र यस्तै अरु धेरै कारणहरु छन् । जसले गर्दा बैकिङ कारोवार गर्न सेन्चुरी कमरसिलय बैंकलाई नै रोज्नुपर्छ भन्ने मेरो मान्यता हो ।
सुविधाहरुको बारेमा त भन्नुभयो तर अहिले कुनै पनी बैंकले कर्जा दिदैनन् भन्छन नी, तपाईकोमा के छ ?
अहिलेको अवस्था अलि फरक छ । बैंकमा लगानीयोग्य पुँजीको अभाव छ, हामी यसलाई तरलता संकट भन्छौ । बैंकले आफुसंग भएको निक्षेपको ९० प्रतिशत सम्म मात्र कर्जा दिन पाउने नियमाकीय प्रावधान छ । अहिले सबै बैंकको कर्जा निक्षेप अनुपाल ९० प्रतिशत माथि देखिन्छ । त्यसैले अहिलेको समयमा कर्जा लगानी ठप्प नभए पनि सहज चाँहि छैन । जब बैकिङ इन्डष्ट्रिमै तरलता अभाव चर्किरहेको बेला हामी पनी त्यसबाट अछुतो रहन सक्ने कुरा भएन । त्यसैले हाम्रोमा पनि अहिले सहज तरिकाले कर्जा दिन सक्ने स्थिति त छैन तर ठप्प पनि छैन ।
यसरी तरलता अभाव चर्किनुका पछाडि के कारण हुनु सक्छन् ?
तरलता अभाव भन्दा पनि अहिले बैंकहरुसंग लगानी योग्य पुँजीको अभाव हो जस्तो लाग्छ मलाई । यसका विभिन्न कारणहरु छन् । केही समय अगाडि नेपाल राष्ट्र बैंकले विद्यमान सिसिडिको ब्यवस्थालाई खारेज गरेर सिडी लागु गर्यो । सिसिडी कायम हुँदा बैंकहरुले पुँजी र निक्षेपको ८० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउथे अब सिडि लागु भएपछि बैंकहरुले जम्मा निक्षेपको ९० प्रतिशतसम्म मात्र कर्जा लगानी गर्न पाउने भए । जसका कारण ठुलो लगानी योग्य पुँजीबाट बैंकहरु बञ्चित भए । त्यसपछि श्रावण पछिको डाटा हेर्ने हो भने बैंकहरुको कर्जा लगानी ४ खर्व माथि छ भने निक्षेप संकलन जम्मा ६४ अर्ब देखिन्छ जवकी कर्जा लगानी निक्षेपको जम्मा ९० प्रतिशत हुनुपर्ने ब्यबस्था छ । हुन त यसरी गरीएको लगानी पनी कुनै न कुनै माध्यमबाट बैकिङ च्यानलमै आउनुपर्ने हुन्छ तर राष्ट्रबैकको हालैको डाटाले के भन्छ भने यसरी एग्रिसिभ रुपमा गरीएको कर्जा लगानीको ५० प्रतिशत हिस्सा आयात व्यापारमा गएको देखिन्छ । यसरी पैसा बाहिर जानुले पनि लगानी योग्य पुँजीमा अभाव बढायो । नेपाल सरकारको पुँजीगत खर्च आर्थिक बर्षको ६ महिना लागी सक्दा समेत एकदम निरासाजनक छ । अर्कोतिर कर तथा राजश्वको रुपमा बजारबाट सरकारी कोषमा पैसा थुप्रिने अनि बजेटको रुपमा पैसा बजारमा नजाँदा यो संकट झन गहिरीयो । बिप्रेशन पहिलेको तुलनात्मक घटेको छ । अहिले ब्यापकमात्रामा बैकिङ च्यानल बाहिर कारोवार भैरहेको सुनिन्छ जसलाई हामी क्ष्लायचmब िभ्अयलयmथ भन्छौ, जसले गर्दा बैकिङ च्यानलमा लगानी योग्य पुँजीको अभावमा बढावा दिएको छ । यी र यस्तै अन्य कारणले गर्दा अहिलेको लगानी योग्य पुँजीको संकट गहिरीएको हो भन्ने मेरो बुझाई हो ।
संकटको समाधान कहिलेसम्म हुन्छ जस्तो लाग्छ ?
नेपाल सरकार, अर्थमन्त्रालय, नेपाल राष्ट्रबैंक तथा अन्य नियमाकिय निकायहरु संकट समाधानको लागि लागिपर्नु भएको छ । केहि दिन अधिको मौद्रिक समीक्षामा राष्ट्रबैंकले केही नीतिहरु ल्याएको छ । जस्तो अत्यावश्यक नभएका बिलासिताका बस्तुहरुको आयातमा कोटा निर्धारण गर्ने वा आयातमा रोक लगाउने नीति लिएको छ जसले गर्दा आयातमा जाने कर्जामा कटौती हुने बिश्वास गरिन्छ । त्यस्तै आगामी दिनमा पनी अन्य नीतिगत सुधारको अपेक्षा गर्न सकिन्छ ।
सेवाग्राहीलाई केहि भन्नु छ ?
बचत गर्ने बानी बसालौं, फजुल खर्च नगरौं, आज गरेको बचतले भविष्यमा ठुलो काम गर्छ। तपाईहरुको सेवासुविधाका लागि सेन्चुरी कमर्सियल बैंक तपाईहरुको माझ छ । सेन्चुरी कमर्सियल बैंकबाट कारोबार गर्न म सम्पूर्ण सेवाग्राहीलाई हार्दिक अनुरोध गर्दछु । यहाँहरुको सल्लाह, सुझावलाई शिरोधार्य गर्दै यहाँहरुको सेवामा निरन्तर लागिरहने प्रतिवद्धता जाहेर गर्दछु ।
अन्त्यमा ?
मलाई सेन्चुरी कमर्सियल बैंक लिमिटेड दाङ शाखाले दिइरहेका सेवा सुविधाका विषयमा आफ्ना विचार राख्ने सु–अवसर प्रदान गर्नुभएकोमा धन्यवाद ।