तुलसीपुर । ‘तिर्थव्रत गर्न हामीलाइई कतै जानुपर्दैन, अस्पतालनै मन्दिर हो, भगवान भनेका बिरामी, हामी पुजारी, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको वार्षिक समीक्षा कार्यक्रममा सोही अस्पतालका सम्भवतः कान्छा डाक्टर अर्थोपेडिक्स डा. ओम अर्यालको अभिव्यक्ति थियो यो । उनले पैसा कमाएर कहिल्यै नपुग्ने भन्दै सबै चिकित्सकहरु कर्तव्यनिष्ट भएर बिरामीको उपचारमा लाग्न सके मुलुकमा एउटा स्वास्थ्य क्रान्ति हुने अभिव्यक्ति पनि दिए ।
‘हामीलाइई धर्मकर्मका लागि कुनै धार्मिक तिर्थाटनमा जानुपर्ने छैन, बिरामीहरुको सेवाबाट प्राप्त हुने धर्म भन्दा ठुलो अरु केही हुनै सक्दैन’, डा. अर्यालले भने । आफु समीक्षामा बोलिरहँदा अन्य कन्सल्टेन्ट डाक्टरहरुको समेत उपस्थिति भैदिएको भए हाम्रा ग्यापहरु क्रमश: कम हुँदै जाने आशय पनि डा. अर्यालको थियो । साँच्चै डा. अर्यालको अभिव्यक्तिजस्तै सबै चिकित्सकहरुको व्यवहार भैदिएको भए स्वास्थ्य क्षेत्रमा मेडिकल माफियाहरुको प्रत्यक्ष हस्तक्षेप हुन सक्ने थिएन । डा. ओमका थोरै अभिव्यक्ति पेचिला र मार्मिक थिए ।
समीक्षा कार्यक्रममा अस्पतालका चिकित्सकहरुको भन्दा पारामेडिक्स र कर्मचारी व्यवस्थापनको बढी उपस्थिति देखिन्थ्यो । सो अवसरमा प्रादेशिक अस्पतालले गएको एक बर्षमा सम्पादन गरेका विभिन्न कामहरुको बुँदागतरुपमा फेहरीस्त प्रस्तुत गरिएको थियो । समीक्षामा अस्पतालले अघिल्ला तीन वर्षमा गरेका सेवाहरुको पनि तुलनात्मक समीक्षा गरिएको थियो । ओपिडि सेवा, प्रसूति सेवा, शल्यक्रिया, इन्डोर, प्रयोगशाला, रेडियोलोजि अर्थात् जे-जे सेवा अस्पतालमा उपलव्ध छन् सवबै सेवाको तथ्यगत विवरण प्रस्तुत गरियो । र अस्पतालले भविष्यमा सञ्चालन गर्नुपर्ने सेवाका विषयमा पनि समीक्षा गर्दै आगामि कार्यक्रममा योजनाका रुपमा लैजाने पनि बताइएको छ ।
समीक्षामा काम गर्ने र गराउने निकायबीच पनि केही छलफल र सल्लाह सुझाव आदान प्रदान भएका छन् । मुलुकमा संघीयताको अभ्याससँगै साविक तुलसीपुर अञ्चल अस्पताल हाल लुम्बिनी प्रदेश सरकारको माताहतमा आएको छ । समीक्षा कार्यक्रमको औपचारिक मन्थनका क्रममा प्रदेश सरकारका अधिकारी कौशल भण्डारीले प्रदेश सरकारले माताहतका कुनै पनि अस्पताललाइई आवश्यक उपकरण र बजेटको कमि हुन नदिएको अभिव्यक्ति दिए । ‘प्रदेश सरकारले माताहतका सबै अस्पतालले आवश्यकता बोध गरी मागेका सबै उपकरण र आवश्यक परेको बजेट उपलव्ध गराइरहेको छ, बजेट र उपकरणका कारण सेवा प्रभावकारी नहुने अवस्था छैन’, भण्डारीले भने ।
समस्या विज्ञताको होइन, एट्टीच्युडको
यसैबीच समीक्षा कार्यक्रमको उद्घाटन सत्रमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले अस्पतालको सेवा प्रवाहमा समस्या भनेकै काम गर्ने चिकित्सकहरुको एट्टीच्युडको रहेको उल्लेख गरे । काममा इमान्दारिता र वफादारिता देखाउन नसक्नुका कारण स्वास्थ्य सेवामा अपेक्षित प्रतिफल आउन मुस्कील भएको प्रमुख अतिथि पाण्डेको अभिव्यक्ति थियो ।
‘हामीलाइई तपाइईको विशेषज्ञता र विज्ञतामा कुनै पनि शंका छैन, धरोहर विज्ञ हुनुहुन्छ हामीसामु, तर समस्या एट्टीच्युडमै देखिएको छ’, नगरप्रमुख पाण्डेले भने । एउटा सुन्दर र भव्य स्कुल भवन भएर मात्र हुँदैन, जबसम्म त्यहाँ पढाउने शिक्षकको गतिशिलता र क्रियाशिलता कमजोर हुन्छ भने विद्यार्थीहरुले लक्षित उपलव्धि हासिल गर्न नसक्ने पनि उनको अभिव्यक्ति थियो ।
त्यसै प्रसंगमा अस्पताल भवन जतिसुकै सुन्दर र भव्य भए पनि अस्पतालमा कार्यरत चिकित्सकहरुमा यहाँ सेवा लिन आउने विरामीहरुका सवालमा सकारात्मक धारणा नआएसम्म स्वास्थ्य सेवा प्रभावकारी नहुने पनि उनको भनाइ थियो । सो अवसरमा उनले चिकित्सकहरुको धारणामा सकारात्मक परिवर्तन आवस्यक रहेको बताए । ‘तपाईहरु दत्तचित्त भएर काम गर्नुस्, तपाईहरुलाई भौतिक पुर्वाधार र उपकरणहरुको कमि हुन दिने छैनौं’, प्रमुख अतिथि पाण्डेले भने ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगत वहादुर शाहीले चिकित्सकहरु सरकारी संस्थामा कामगर्न अल्छि मान्ने प्रबृत्ति हावी भएको बताउँदै त्यसलाई सुधार गर्न नितान्त आवश्यक रहेको बताए । ‘एकातिर चौतारामा हावा खाएर टाइमपास गर्ने गरेका गुनासाहरु आइरहेका छन् भने अर्कातिर मेडिकल क्षेत्रमा पनि दलालीको अभ्यास पनि सुरु भएको देखिन्छ’, जनश्वास्थ्य प्रमुख शाहीले भने, यी दुवै प्रवृत्तिलाई निरुत्साहित गरेर सामुदायिक स्वास्थ्यलाइ मज्वुत बनाउन आवश्यक छ ।
सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष शुशिल बस्नेतले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउने संविधान प्रदत्त अधिकारको प्रत्याभुति दिलाउन अस्पताल व्यवस्थापनसंगै चिकित्सकहरु हातेमालो गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिए ।
आफ्नै अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका विकाश समिति अध्यक्ष पदम प्रसाद न्यौपानेले अस्पतालमा संरचना र उपकरणहरु पर्याप्त भएर पनि ती सबैलाई परिचालन गर्नका लागि आवश्यक जनशक्ति न्युन रहेको अभिव्यक्ति दिए ।
नेपाल सरकारले ५० वेडको अस्पतालका लागि दिएको जनशक्तिबाट अहिले करीव एक सय वेड सञ्चालन गरिरहनुपरेको बताउंँदै अध्यक्ष न्यौपानेले आवश्यकताअनुसारको जनशक्ति उपलव्ध गराउनका लागि प्रदेश सरकारलाई आग्रह गरेका छन् । केही चिकित्सकहरुमा नेपाल सरकारले तोकेकै पुरा समय पनि काम नगर्ने प्रबृत्ति रहेको उल्लेखगर्दे उनले यसलाइ सुधार गर्न चिकित्सकहरुलाई आग्रह गरे ।
साथै विशेषज्ञ चिकित्सकलाई पनि राज्यले दश बजेदेखि पाँच बजेसम्म काम गर्ने वातावरण मिलाउनुपर्ने पनि उनको धारणा थियो । अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. विनोद सिंहले विषय प्रवेश गराएको कार्यक्रमको सहजीकरण अस्पतालका सूचना अधिकारी कृष्ण गोपाल चौधरीले गरेका थिए ।