काठमाडौं । असोज महिना शुरु भएसँगै सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले असोज १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्र्वजकि गरेका हुन् ।
बैंकहरुले तरलता अभाव भएपछि ब्याजदर बढाएका छन् । बैंकहरुमा तरलता अभाव भएपछि राष्ट्र बैंकले समेत राष्ट्र बैंकले रिपो नै जारी गर्नुपरेको छ ।
बजारमा तरलता अधिक अभाव देखिएपछि राष्ट्र बैंकले २ हप्ता समयावधिको २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको हो । बैंकहरुले निक्षेप बढाउनको लागि ब्याजदर बढाएका हुन् ।
बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरमा सबैभन्दा धेरै ब्याज एनएमबि बैंकले ६.५२ प्रतिशत दिने छ । त्यस्तै दोस्रोमा नबिल बैंकले ६.२६ प्रतिशत, सिभिल बैंक र सेञ्चुरी बैंकले ६.२५ प्रतिशत ब्याज दिने भएका छन् । यता हिमालयन बैंकले ६.१५ प्रतिशत र मेगा बैंकले ६.०५ प्रतिशत ब्याज दिने भएको छ ।
सबैभन्दा कम ब्याज दिनेमा एसबिआई बैंक रहेको छ । यस बैंकले ३.५५ प्रतिशत ब्याज दिनेछ । यता एनआईसी एशिया बैंक पनि कम ब्याज दिनेमा दोस्रोमा छ ।
कुन बैंकले कति ब्याज दिन्छन् ?
१. सिभिल बैंक
सिभिल बैंकले विभिन्न बचत खातामा ४.२५ प्रतिशतदेखि ६.२५ प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ ।
२. कृषि विकास बैंक
कृषि विकास बैंकले विभिन्न बचत खातामा ३.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ ।
३. राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले विभिन्न खातामा न्यूनतम ३.०६ प्रतिशत ब्याज दिनेछ भने अधिकतम ५ प्रतिशतसम्म ब्याज दिनेछ ।
४. नेपाल बैंक
नेपाल बैंकले विभिन्न बचत खातामा ३.०५ प्रतिशतदेखि ४.५५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
५. सिटिजन्स बैंक
सिटिजन्स बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा विभिन्न बचत खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको हो ।
६. नबिल बैंक
नबिल बैंकले विभिन्न बचत खातामा न्यूनतम ४.२६ प्रतिशत र अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिने भएको हो ।
७. प्रभु बैंक
प्रभु बैंकले विभिन्न बचत खातामा न्यूनतम ३.२५ प्रतिशत र अधिकतम ५ प्रतिशत ब्याज दिने भएको हो ।
८. प्राइक कमर्सियल बैंक
प्राइक कमर्सियल बैंकले पनि विभिन्न बचत खातामा ४.७६ प्रतिशतदेखि ५.७६ प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ ।
९. बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले विभिन्न बचत खातामा न्यूनतम ३.७७ प्रतिशतदेखि ५.२७ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको हो ।
१०. एनसीसी बैंक
एनसीसी बैंकले विभिन्न बचत खातामा न्यूनतम ४.२६ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिनेछ ।
११. एनएमबि बैंक
एनएमबि बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा न्यूनतम ४.५२ प्रतिशतदेखि ६.५२ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
१२. सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकले विभिन्न बचत खातामा न्यूनतम ४.२५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ ।
१३. लक्ष्मी बैंक
लक्ष्मी बैंकले विभिन्न बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ ।
१४. नेपाल बङ्ग्लादेश बैंक
नेपाल बङ्ग्लादेश बैंकले विभिन्न बचत खातामा न्यूनतम ३.७६ प्रतिशतदेखि ४.७६ प्रतिशतसम्म ब्याज दिनेछ ।
१५. स्टान्डर्ड चार्टर्ड बैंक
स्टाण्र्डट चार्टेड बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा विभिन्न बचत खातातर्फ न्यूनतम २.५ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज दिने भएको हो ।
१६. सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले विभिन्न बचत खातामा न्यूनतम ४.०५ प्रतिशतदेखि ५.०५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको छ ।
१७. एभरेष्ट बैंक
एभरेष्ट बैंकले विभिन्न बचत खातामा न्यूनतम ३.६१ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिनेछ ।
१८. एसबिआई बैंक
नेपाल एसबिआई बैंकले विभिन्न बचत खातामा ३.५५ प्रतिशत ब्याज दिनेछ ।
१९. एआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले विभिन्न बचत खातामा ३.६ प्रतिशत ब्याज दिने जनाएको छ ।
२०. सनराइज बैंक
सनराइज बैंकले विभिन्न बचत खातामा ५.०७ प्रतिशत ब्याज दिने भएको छ ।
२१. कुमारी बैंक
कुमारी बैंकले विभिन्न बचत खातामा न्यूनतम ३.१५ प्रतिशत ब्याज दिने छ भने अधिकतममा ५.१५ प्रतिशत ब्षज दिने छ ।
२२. मेगा बैंक
मेगा बैंकले विभिन्न बचत खातामा न्यूनतम ४.५५ प्रतिशत र अधिकतम ६.०५ प्रतिशत ब्याज दिनेछ ।
२३. माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले विभिन्न बचत खातामा न्यूनतम ३.७५ प्रतिशत र अधिकतम ५ प्रतिशत ब्याज दिनेछ ।
२४. नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले विभिन्न बचत खातामा ४.०२ प्रतिशत ब्याज दिनेछ ।
२५. हिमालयन बैंक
हिमालयन बैंकले विभिन्न बचत खातामा न्यूनतम ४.१५ प्रतिशत ब्याज दिनेछ भने अधिकतम ६.१५ प्रतिशत ब्याज दिनेछ ।
२६. ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले विभिन्न बचत खातामा ४.५ प्रतिशत ब्याज दिनेछ ।
२७. सानिमा बैंक
सानिमा बैंकले विभिन्न बचत खातामा न्यूनतम ४.५१ प्रतिशत र अधिकतम ५ प्रतिशत ब्याज दिने जनाएको छ ।