स्कुल चलाउ, स्कुल बस नचलाउ

‘तुलसीपुरका स्कुलहरु सोमवारदेखि खुल्ने छन्, भौतिक उपस्थीतीबीच पठनपाठन हुने भएकाले विद्यार्थिहरुलाइ उपस्थीतिकालागी सुचित गरीन्छ’, सामाजिक सन्जाल मार्फत प्राप्त यो सुचनाले फेरी मन तरंगित भयो । स्कुल बस चलाउंदा विद्यालयमा बढि भिडभाड हुने निश्कर्ष निकाल्दै तुलसीपुर उपमहानगरपालिकाले विद्यालयहरु भौतिक रुपमा चलाउने भएपनि स्कुल बस भने नचलाउने निर्देशन दिएछ ।

कस्तो अचम्म, न विधि, न विधान । हावादारी शैलिमा स्कुल भौतिक रुपमा चलाउने, बढिमा १५ जना विद्यार्थिहरु एउटा कोठामा राख्ने, दिनमा तीन सिफ्ट गराएर पढाउने तर विद्यालयका स्कुल बस भने नचलाउने रे! दुधरासका एक जना अभिभावकले चियापशलमा भनिरहेका थिए, यो तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाको कस्तो झल्लो निर्णय हो । ती अभिभावकका छोरा तुलसीपुरको एउटा नाम चलेको निजि विद्यालयमा पढ्ने गर्छन् । दैनिक रुपमा स्कुल बसको सुविधा भएको र पढाइमा पनि फरक पन भएको अपेक्षा सहित उनले नजिकैको वोर्डिङबाट छुटाएर तुलसीपुरमा पठाउंदै आएका छन् ।

तर उनी अलमलमा परेका छन् । सोमवार उनका छोरा जस्तै दर्जनौ विद्यार्थिहरु स्कुल बसमा होइन, सार्वजनिक खचाखच भरिएको बसमा यात्रा गरी तुलसीपुरको विद्यालय पुग्ने छन् । जसरी पनि उनले छोरालाइ भौतिक उपस्थीतीबीच पढाउन चाहन्छन् । घरमा उनको निजि सवारीसाधन छैन । स्कुल बस नचलेपछि सार्वजनिक बसमा यात्रानै उनको अन्तिम विकल्प हो । उनी थप टेम्परमा थिए । कम्तिमा स्कुल बसमा जान पाएको भएत अलिक सुरक्षित यात्रा हुन्थ्यो कि? सार्वजनिक बसमा त विराटनगरबाट आएको यात्रु पनि हुन सक्छ, भारतको लखनौबाट आएको यात्रु पनि हुन सक्छ वा प्रमाढित संक्रमित पनि हुन सक्छ । तर स्कुल बस चलेको भए त सवै चिनजानकै समुदायका वालवालिका हुन्थे नी? किन यस्तो निर्णय गरेको? ती अभिभावक थप आक्रोशित हुंदै थिए ।

मलाइ पनि तुलसीपुरको शिक्षा शाखाको त्यो निर्देशन अलि स्वाभाविक लागेन । प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङलाइ यो विषयमा जानकारी गराएं । तर प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले स्मार्ट लकडाउनको सुचकका आधारमा विद्यालय सन्चालन गर्न मिल्ने अवस्थामा स्कुल बस नचलाउने निर्णय त जिल्लाको डिसिएमसीले गर्नै सक्दैन भन्ने जानकारी दिए । हो प्रमुख जिल्ला अधिकारीले स्मार्ट लकडाउनको सुचक अनुसार भौतिक उपस्थीतिबीच विद्यालय सन्चालन गर्ने तयारी भएको अवस्थामा स्कुल बस चलाउंदा थप सुरक्षित हुन सक्ने सुझाव दिए । प्रजिअ कुरुम्वाङले यो विषयमा पालिकाले खास निर्णय गरेका छन् भने त्यहिंकै मेयरलाइ जानकारी लिन पनि आग्रह गरे ।

मन अलि सान्त भयो, सायद गलत सुचना पाएका होलान, निजि विद्यालयहरुले । मैले शिक्षा शाखाका प्रमुख चक्र भण्डारीलाइ फोन गरे भएका छन् । स्कुल बस नचलाउनुको कारण सोधें । चक्रले भने, हो स्कुल बस चलाउंदा बढि भिडभाड हुन्छ, त्यसैले एक तिहाइ वा एउटा कक्षा कोठामा पन्ध्र जना सम्म विद्यार्थिहरु राखेर मात्रै तीन सिफ्टमा कक्षा चलाउने निर्णय भएको छ । संभव छ, दुइ हजार विद्यार्थि भएका विद्यालयहरुलाइ एउटा कक्षामा पन्ध्र जना विद्यार्थि राखेर सिफ्टवाइज कक्षा चलाउन?

कृपया तपाइ पनि जिम्मेवार अभिभावक हो भने यो कोरोनाको महामारीमा आफ्नो बच्चालाइ जोगाउन घरमा सवारीसाधन छैनन् भने अटोमै व्यवस्था गरेर विद्यार्थि स्कुलमा पठाउन सक्नुहुन्छ । चक्र भण्डारीको यो अभिव्यक्तिले फेरी मलाइ चक्रव्युहमा फसायो । बल्लतल्ल बोर्डिङ पठाउने हामीजस्ता नागरीकले दुधरास बाट तुलसीपुर दैनिक रुपमा कसरी अटोमा विद्यार्थि पठाउन सकिन्छ? सायद चक्र सरलाइ थाहा छैन होला, अटोमा विद्यालय आउजाउ गर्दा दैनिक १५ सय रुपैया भाडा मात्रै लाग्छ भनेर ।

अनि सार्वजनिक बसमा विद्यार्थि पठाउनुको विकल्प छैन, अभिभाकलाइ भन्ने जानकारी गराउंदा चक्र सर धेरै तर्क गर्दा पनि कन्भिन्स हुन सकेनन् । उल्टै आफ्नै शाखाको निर्णयको पक्षपोषण गर्दै रहे । विद्यार्थिहरुको दुइवटा शैक्षिक सत्र अनलाइनका नाममा मोवाइलमा गेम खेल्दै र टिकटक हेर्दै खेर गैसकेको छ भनेर । दुइवटा शैक्षिक सत्र पुरै निरर्थक वितिरहंदा यस्ता धेरै चक्र सरहरु गम्भीर हुन सकेनन् । शिक्षा मन्त्रालयका चक्रसरहरु, प्रदेश शिक्षा मन्त्रालयका चक्रहरु अनि स्थानिय पालिकाका चक्रहरु..।

चक्र सरले देखिरहेको हुनुपर्छ, अहिले विद्यालय मात्र बन्द छन्, सवथोक खुलीसकेका छन् भनेर । चक्र सरले अध्ययन गरेको हुनुपर्दछ, तुलसीपुर उपमहानगरपालिका भित्रको स्मार्ट लकडाउनका सुचकहरुका विषयमा । रेड जोन, एलो जोन, ग्रिन जोन….। अर्थात कुन जोनमा छ, तुलसीपुर, केकसरी चल्न सक्नेछन् स्कुलहरु ।

चक्रसर तपाइले निर्णय गर्दा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको सुचकहरुको पनि गहिरो अध्ययन गर्नुहोला । तुलसीपुर उपमहानगरपालिकामा पछिल्लो साता कति जना नयां कोरोनाका संक्रमित भेटिए?, कति सक्रिय संक्रमित छन्, संक्रमणको दर कस्तो देखियो?, मृत्युदर कस्तो छ? हस्पीटल अक्युपेसीको अवस्था कस्तो छ? भनेर सायद तपाइले त्यो वेला निर्णय लिन सक्नुहुने छ, अव हाम्रा पालिकाका स्कुलहरु एकतिहाइ विद्यार्थि राखेर चल्न सक्छन् वा पचास प्रतिसत वा पुर्ण रुपमा विद्यार्थि राखेर विद्यालय सन्चालन हुन सक्ने छन् ।

सिक्दा सिक्दै र इन्टरनेट जोड्ने प्रयास गर्दागर्दै दुइ वटा शैक्षिक सत्र पुरै खेर गैरहेका छन् । इन्टरनेट चलाउन विद्युत सेवा नियमित हुनुपर्यो, तर विद्युत सेवा जहिल्यैपनि झ्याप्प झ्याप्प । डाटा र इन्भर्टर छोराछोरी पढाउनकालागी संभव छैन । यो अवस्थाले बैकल्पिक शिक्षाका कुनैपनि विधा प्रभावकारी बन्न सकेका छैनन् । कोरोना भाइरसको संक्रमणको सवैभन्दा बढि क्षति भएको छ भने शिक्षा क्षेत्रमा । विकाश निर्माण त अर्कोशाल पनि हुन्छ, तर उहि कोर्ष अर्को शाल पढ्छु भन्दा हरेक नागरीकको उमेर एक बर्ष कम भैसकेको हुन्छ । दुइ शैक्षिक सत्र खेर गैसकेको अवस्थामा यसलाइ उकास्न अव के गर्न सकिन्छ भनेर सोच्नुको साटो अझै पनि खुट्टा कमाएको वाहना गरेर विद्यालय खोल्न अवरोध गर्दै जानु उपयुक्त होला ।

आमसभा, सेमीनार, गोष्ठि, होटल रेष्टुरेन्ट, सिनेमा प्लेक्स, सार्वजनिक बस, हवाइ सेवा, धार्मिक अनुस्ठानहरु सवै चलिरहेका वेला हरेक कार्यक्रममा एक न एक हिस्सा विद्यार्थिहरुलेनै ओगटेका छन् । वा अभिभावक त पक्कै पनि छन् । के यसरी अभिभावकबाट सर्न सक्दैन कोरोना? हो चक्रसर तपाइको कुनै सकारात्मक सोच र शिक्षालाइ प्रभावकारी बनाउने सोच छ भने पालिका भरीका उमेर पुगेका विद्यार्थिहरुलाइ कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यवस्थापन गर्न पहल गर्नुस् । स्वास्थ्य सचेतनाका विषयमा स्कुल स्कुलमा अभियान चलाउनुस्, तर स्कुल बस नचलाउन निर्देशन दिएर विद्यार्थिलाइ सार्वजनिक बसमा स्कुल पुग्न बाध्य पार्ने निर्णय अभिभावककालागी स्वीकार्य देखिंदैन । तपाइहरुको निर्णयमा तत्काल पुर्नविचार गर्नुस् ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस